|

एजेन्सी : भारतको लखनउस्थित उतरेठियो इलाकामा रहेको सेन्ट जान विएनी स्कुलमा एक शिक्षकले ७ वर्षका विद्यार्थीलाई नराम्ररी कुटेका छन्। २ मिनेटको यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ।

भिडियोमा देखिएअनुसार बच्चामाथि ४० भन्दा धेरैपटक शिक्षकले थप्पड लगाएकी छन्।  बच्चाको गल्ति यतिमात्रै थियो कि उसले हाजिर गर्ने बेलामा राम्रोसँग 'यस म्याम' (हाजिर छु)  भन्न सकेन।  त्यसपछि बालकलाई शिक्षक रितिकाले कुट्न थालिन्।

कसरी आयो यो भिडियो बाहिर

- रितिकामाथि बच्चालाई कुटेकव तथा ब्ल्याकबोर्डमा लगेर उसको टाउको ठोक्काइदिएको आरोप छ।

-रितिकाले बच्चालाई कुट्दै गरेको दृश्य स्कुलको सिसिटिभीमा रेकर्ड थियो। शिक्षकले कुटेपछि घर पुगेर यी बालक आमा-बाबुसँग भक्कानिएका थिए। उनले स्कुलमा आफुमाथि भएको कुटपीटबारे बेलिबिस्तार लगाए।

- बच्चाका अभिभावकले स्कुलमा गुनासो गरेपछि सिसिटिभीको छानविन गरियो। भिडियो हेर्दा स्पष्टै देखिन्छ, विद्यार्थीलाई कसरी कुटिएको छ।

-कुटाइ खाएपछि यी विद्यार्थी कक्षाकोठामै लडेका थिए। शिक्षक रितिक क्ला छाडेर हिडिंन्।

- यस घटनापछि स्कुलले शिक्षकमाथि कारबाही गरेको छ। स्कुलका प्रिन्सिपल फादर रोनाल्ड रोड्रजफ भन्छन्,'जब अभिभावकले यस विषयमा गुनासो गरे। त्यतिबेलासम्म शिक्षक स्कुलबाट गइसकेकी थिइन्। उनलाई विद्यालयबाट निकालिएको छ। यस घटनाको छानविनका लागि समिति बनेको छ। समितिको रिपोर्टपछि थप निर्णय हुन्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.