|

काठमाडौं : म्याच फिक्सिङको मुद्दामा दोषी भेटिएका सर्जिल खानमाथि पाकिस्तान क्रिकेट बोर्डले ५ वर्षको प्रतिबन्ध लगाउने निर्णय गरेको छ। बुधबार भएको सुनुवाईपछि पाकिस्तानका यी चर्चित ब्याट्सम्यानमाथि ५ वर्षको प्रतिबन्ध सुनाइएको हो। तर लगत्तै अदालतले उनीमाथिको २ वर्ष ६ महिनाको प्रतिबन्ध घटाएको छ।

अर्थात्, उनले २ वर्ष ६ महिनासम्म घरेलु तथा अन्तर्राष्ट्रिय खेल खेल्न पाउने छैनन्। २८ वर्षका सर्जिलले पाकिस्तानको राष्ट्रिय टोलीबाट १ टेस्ट, २५ एकदिवसिय अन्तर्राष्ट्रिय तथा १५ टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्।

पाकिस्तान क्रिकेट बोर्डले टी-२० पाकिस्तान सुपर लिगमा भएको भ्रष्टाचार र खेल मिलेमतोका विषयमा लामो समयदेखि अनुसन्धान गर्दै आइरहेको छ।

म्याच फिक्सिङकै विषयलाई लिएर अलरान्डर महोमद्द नवाज र फास्ट बलर महोमद्द इरफान अहिले निलम्बनमा छन्। अन्य थुप्रै खेलाडीहरुसँग पनि जवाफ मागिएको छ।

बेलायतको नेशनल क्राइम एजेन्सीले फिक्सिङ र आर्थिक अपचलनको मुद्दाबारे गोप्य सूचना दिएपछि पाकिस्तानी क्रिकेट बोर्डले यस विषयमा छानविन गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.