|
फाइल फोटो

इलामः बाँदरले बालीनाली सखाप पारेपछि इलाम नगरपालिका–१२ साङरुम्बाका किसान चिन्तित बनेका छन्। 

खेतबारीमा लगाएको खाद्यबाली बाँदरले सखाप पारेपछि साङरुम्बाका पाँच सय घरपरिवारका किसानले हैरानी व्यहोर्नुपरेको हो। खेतबारीमा पाकेर थन्क्याउन ठिक्क भएका मकै तथा नगदे बाली बाँदरले खाएर सखाप पारेको किसानले बताएका छन्। पहाडका लागि मुख्य बाली भनेकै अदुवा, अलैँची, मकै हो। नजिकै ठूलो जंगल भएकाले पनि समस्या जटिल बन्दै गएको किसानको भनाइ छ। 

दर्जनौँको  बथानमा जंगलबाट आउने  बाँदरले  बालीनाली खान थालेपछि घाम झुल्केसँगै  बाँदर  धपाउन किसानहरू बारीमै टहरा बनाई दिनरात पहरा दिन थालेका छन्। जीविकोपार्जनको मुख्य स्रोत अलैँची, अदुवा, मकै भएकाले उनीहरू दिनरात आलोपालो गरी बारीमै जाग्रम बस्नुपर्ने बाध्यता छ।

‘बाँदरले मकै बाली तथा नगदे बाली सखाप बनायो’, स्थानीय धम्बु जवेगुले भने, ‘यहाँका बासिन्दालाई विस्थापित नै गराउने भयो। तत्काल नगरपालिकाले बाँदर रोक्न कदम चाल्नुप¥यो नभए आर्थिक उर्पाजनको बाटो नै हराउँछ।’ 

मकै मात्र नभई बाँदरले यस क्षेत्रमा अन्य बालीसमेत सखाप पार्न थालेका छन्। जंगलबाट आएको बाँदरले अुदवाको बोट भाँचिदिने, अलैँचीको सरो च्यातिदिने गरेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.