|

सिन्धुली : जिल्लाका छुट्टा–छुटै स्थानमा भएका दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारी अनुसार कमलामाई नगरपालिका–९ को विद्यालय भवन सफा गर्ने क्रममा दुर्घटना हुँदा ना १ क ४४१९ नम्बरको जेसीबिका सहचालक दाङ घोराही  उपमहानगरपालिकाका अन्दाजी ३५ वर्षीय गोपाल मगर घाइते भएका थिए।

उनलाई उपचारको लागी बर्दिबासतर्फ लाने क्रममा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिए।
त्यस्तै बिहीबार नै सुनकोशी गाउँपालिका वडा नं.३ रातमाटाबाट वडा नं.४ कोटगाउँतर्फ जाने क्रममा बा ३ ख १२१९ नम्बरको महेन्द्र निशानको मिनि ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका छन्।

घाइते हुनेमा ट्रकका चालक रामेछाप खाडादेवी गाउँपालिका–१ का ४९ वर्षिय भोलानाथ चौलागाई र सह चालक सुनकोशी गाउँपालिका–३ का २६ वर्षिय विष्णु श्रेष्ठ छन्। दुबैलाई स्थानीय भरोसा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागी धुलिखेल अञ्चल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.