|

जाजरकोट : दुर्गम गाँउमा भाइरलका कारण थला परेका विरामीहरुको उपचारका लागी औषधिसहित स्वास्थ्यकर्मीहरुको एक टोली पठाइएको छ। जिल्लाको पूर्वी भेगका अधिकांश ग्रामीण क्षेत्रमा फैलिएको भाइरलका कारण  बिरामी परेका नागरिकका लागी आवश्यक १ गाडी औषधि तथा डाक्टरसहितको  स्वास्थ्यकर्मीहरुको टोली बिहीबार त्यसतर्फ लाग्यो।

जिल्लाका त्रिवेणी नलगाड नगरपालिका ५ मा बढी संक्रमण भएका कारण तत्काल औषधिसहित डाक्टरको टोली  त्यसतर्फ पठाइएको जाजरकोट अस्पतालका डा भूपेन्द्र मल्लले बताए। “स्वास्थ्यकर्मीहरुको टोली तत्काल नलगाड नगरपालिकाको ५ भण्डारीगाउँ, मुली ,पोख्रा लगाएका गाउँमा पठाइएको छ। टोली भोली बिहानसम्म पुग्छ र उपचार सुरु हुन्छ, ” उनले भने।

भाइरल फैलिएको गाँउमा जाने बाटो विकट भएका कारण समयमा पुग्न समस्या भएको मल्लले बताए। पहिलो चरणमा अत्यावश्यक सेवा दिने र अवस्था हेरेर थप सेवा उपलव्ध गराउने डाक्टर मल्लले जानकारी दिए। 

नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका प्राय सबै वडामा भाइरलका बिरामी रहेकोले स्थानीयवासीले तत्काल जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटसँग औषधि सहित डाक्टरको टोली  पठाउन माग गरेका थिए। स्वास्थ्य संस्था टाढा भएकोले बिरामीलाई उपचारका लागी ल्याउन नसक्दा गाँउमा समस्या भएको नेपाली कांग्रेस जाजरकोटका नेता छवि पन्तले बताए।

भाइरलबाट बालबालिका र वृद्ध अत्याधिक प्रभावित भएको पन्तले बताए। गाँउका  सबै स्वास्थ्य संस्थामा दैनिकजसो ६० जनासम्म बिरामी उपचारका लागि आउने गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.