|
Photo : AP

नरेन्द्र मोदी नेतृत्वको सरकारका पाँच मन्त्रीले राजीनामा दिएका छन्। मोदीले मन्त्रिमण्डल पुनर्गठन र विस्तार गर्ने अनुमान गरिएका बेला मन्त्रीहरुले राजीनामा दिएको बीबीसीले लेखेको छ।

राजिनामा दिनेमा जलस्रोत मन्त्री उमा भारती, सीप विकास मन्त्री राजिव प्रताप रुडी, कृषिमन्त्री राधा मोहन सिंह, जलस्रोत राज्यमन्त्री सञ्जिव बल्यान र साना उद्यमसम्बन्धी मन्त्री गिरीराज सिंह छन्।

मन्त्रीहरुको राजीनाको कुरा आइरहेका बेला बिहीबार भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले वित्तमन्त्री अरुण जेटलीसँग छलफल गरेका थिए। शाह र जेटलीबीच मन्त्रीपरिषद् विस्तारबारे छलफल भएको बताइएको छ।

उनीहरुको भेटघाटपछि ती पाँच मन्त्रीले राजिनामा दिएका हुन्।

प्रधानमन्त्री मोदीले शनिबार मन्त्रिमण्डल पुनर्गठन गर्ने अनुमान गरिएको छ। उक्त मन्त्रिमण्डलमा नयाँ मन्त्रीहरुलाई पनि स्थान दिने कार्यक्रमअनुसार नै राजिनामा मागिएको बताइएको छ।

सन् २०१९ मा भारतमा संसदीय निर्वाचनको आह्वान गरिएको छ। सोही कारणले उनीहरुलाई पार्टीमा काम दिनेगरी मन्त्रीबाट राजिनामा मागिएको स्रोतको भनाई छ।

प्रधानमन्त्री मोदीले दोस्रो कार्यकालका लागि पनि प्रधानमन्त्रीमा दावेदारी दिने योजना बनाएका छन्। यसका लागि पार्टीको संगठन बलियो बनाउनेतिर मोदी लाग्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.