|

कालिकोट : मुगुको सोरु गाउँपालिका वडा नं ६ की २२ वर्षीया जल रोकायाको बुधबार अत्याधिक रक्तश्राव भएपछि मृत्यु भयो। उनको मृत्युपछि नवजात शिशुको बेहाल भएको छ। 

रोकाया घरमै सुत्केरी भएकी थिइन्। जुम्ल्याहा छोरा जन्मिएका थिए। त्यसमध्ये एक छोराको मृत्यु भयो। बाँचेका अर्का छोराको बेहाल भएको श्रीमान् धनराज रोकायाले बताए। 

‘आमाको दूध खान नपाएर छोरा रोएर स्वर सुक्न थालेको छ। यो छोरालाई कसरी बचाउने भन्ने चिन्ता छ,’ उनले भने,‘गाई भैँसीको दूध पनि खुवाउन मुस्किल हुन थालेको छ।’

औषधि उपचार नपाएर कलिलो उमेरमै जलको मृत्यु भएको हो। तीन दिनअघि सुत्केरी व्यथा लागेपछि उनलाई नार्थपु बर्थिङ सेन्टरमा लगिएको थियो। 

बर्थिङ सेन्टरमा जनशक्ति र उपकरणको अभावले सुत्केरी गराउन नसकेपछि उनलाई जिल्ला अस्पातलमा रिफर गरिएको थियो। बर्थिङ सेन्टरबाट अस्पताल लैजान घरमा ल्याएको बेला अकस्मात उनी सुत्केरी भएकी हुन्। 

बच्चा जन्माए लगतै अत्याधिक रक्तस्राव भएर आधा घण्टामै जलको ज्यान गएको परिवारले जनाएका छन्। उनको घरबाट जिल्ला अस्पताल पुग्‍न २ दिन पैदल बाटो हिंड्नुपर्ने बाध्यता छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.