|

कालिकोट : कर्णाली राजमार्गको कालिकोट सडक खण्डमा पर्ने गगने खोलामा पहिरो गएपछि कर्णाली राजमार्ग ४ दिनदेखि अवरुद्ध भएको छ। कालिका गाउँपालिकाको एसमोड नजिकै रहेको गगने खोलामा मंगलबारदेखि माथिबाट ठूलो पहिरो जाँदा अहिलेसम्म पनि पहिरो नरोकिएकाले राजमार्ग ३ दिनदेखि अवरुद्ध बनेको हो।

अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहे पनि सम्भव नभएको प्रहरीले जनाएको छ। गत साता गएको पहिरो पन्छाएर सडक सुचारु भएको हप्ता दिन नपुग्दै पुनः पहिरो गएको छ। राजमार्गमा छिनछिनमा पहिरो जाने गरेका कारण कर्णाली राजमार्ग हुँदै आवागमन गर्ने दैलेख, कालिकोट, जुम्ला र मुगुका बासिन्दा दैखोलाबाट पैदल हिँड्न बाध्य छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.