|

धनकुटा : अत्यधिक वर्षाका कारण धनकुटा र तेह्रथुमका किसानले लगाएको बन्दागोभी बारीमै कुहिन थालेको छ। गाँठे रोगको संक्रमणका कारण बन्दागोभी बारीमै कुहिन थालेको हो। बारीबाट टिपेर बिक्रीका लागि पठाएको बन्दागोभी समेत बाटोमै कुहिएपछि व्यापारीले किसानबाट खरिद गर्न छाडेका छन्।

धनकुटाको सिधुवा कृषि भण्डारका बजार प्रमुख मेघेन्द्र गुरुङका अनुसार एक सातायता करिब १५ करोड रुपैयाँ बराबरको बन्दागोभी कुहिएको छ। ‘बन्दागोभीमा रोगको संक्रमण छ, टिपेर बेच्न लैजाँदा पनि गाडीमै कुहिन थालेको छ’ उनले भने। गुरुङका अनुसार यो वर्ष पानी अत्यधिक परेकाले त्यसको असरले पनि चाँडै कुहिने गरेको बताए। उनले भने, ‘यो वर्ष अत्यधिक पानी परेकाले र पानी परेकै अवस्थामा बन्दा टिपिएकाले चाँडै कुहिने समस्या देखिएको हो। पानी नपरेको बेला टिप्ने हो भने दुई–चार दिन कुहिँदैन।’

तीन वर्ष पछि यस क्षेत्रमा बन्दागोभीमा गाँठे रोगको प्रकोप देखिएको थियो। त्यतिबेला नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को बाली रोग विज्ञान महाशाखा खुमलटारले किसानको बारीमै आएर रोगबारे अनुसन्धान गरेको थियो।

दुई वर्षपछि सो रोग पुनः देखा परेको छथर जोरपाटी गाउँपालिका-२, जोरपाटीका कृषक गोपाल भट्टराई बताए सुरुमा बन्दागोभीमा मात्रै देखिएको सो रोग अहिले अन्यबालीमा समेत फैलिएको छ। काउली, रायो, ब्रोकाउली, तोरी, चम्सुर, सलगम लगायतमा गाँठे रोग फैलिएको छ। ‘बजार पठाउने बेलामा रोगले आक्रमण गरेपछि तरकारी बारीमै कुहिन थालेको छ’ उनले भने। बारीमै बन्दागोभी कुहिएपछि ५ लाख रुपैयाँ बराबरको घाटा भएको भट्टराईको भनाइ छ।

यहाँका किसानको मुख्य आयस्रोत तरकारीबाली हो त्यसमा पनि यहाँका किसानले बन्दाको सबैभन्दा बढी मात्रामा बन्दा खेती गर्ने गरेका छन्। तेह्रथुमको लालीगुराँस नगरपालिका चित्रेका किसान जगत काफ्ले गत साल प्रतिकिलो १० देखि ३५ रुपैयाँ सम्ममा कारोबार भएको बन्दागोभी यस वर्ष ३ रुपैयाँमा पनि बिक्री हुन मुस्किल भइरहेको बताउँछन्।

उचित मूल्य नपाउँदा किसानले करोडौँ रुपैयाँको घाटा बेहोरेका छन्। ‘बिक्री गर्ने बेलामा रोग लाग्दा नोक्सानी बेहोर्नुपयो’ उनले भने। यहाँका किसानले उत्पादन गरेको बन्दा गोभी धनकुटाको सिधुवा हुँदै धरानको कृषि उपज बजारसम्म पुग्छ।

यता, किसानबाट खरिद गरेको बन्दागोभी दुई दिनमै कुहिएर नष्ट हुनथालेपछि व्यापार ठप्प भएको धरानकाव्यापारी शिवचन्द्र चौधरीले बताए। उनकाअनुसार यस वर्ष तेह्रथुम र धनकुटाबाट खरिद गरेको बन्दागोभी धराननपुर्याई कुहिएको छ। ‘कुहिएकाले भारत निर्यात गर्न सकेका छैनाँै’ उनले भने। यहाँका किसानहरुले उत्पादन गरेको तरकारी पूर्वको धनकुटा, धरान, इटहरी, विराटनगर, बिर्तामोड र काकडभिट्टासम्म बिक्री हुन्छ।

कोसी पहाडी क्षेत्रमा उत्पादन भएको बन्दामध्ये धरानमागतवर्ष १३ हजार ५ सय २१ टन अर्थात् १६ करोड ५९ लाख ३६ हजार रुपैयाँको बिक्री भएको थियो। त्यसबेला यही सिजनमा प्रतिकेजी १८ रुपैयाँ रहेको थियो। यो सिजनमा पनि बन्दाको उत्पादन गत वर्षकै हाराहारीमा भए पनि होलसेल मूल्य प्रतिकिलो ३ रुपैयाँ मात्र रहेको छ। यस वर्ष कम्तीमा करिब १० करोड रुपैयाँ बराबरको घाटा कृषक र व्यापारीलाई हुने कृषिउपज बजारले जनाएको छ।

पालुङ र टिस्टुङ, बंगलादेश र भुटानका बन्दा टिपेको दिनदेखि कम्तीमा सातदिनसम्म नकुहिने गरेको चौधरीले जानकारी दिए। धनकुटाको सिधुवा, हिले र तेह्रथुमको बसन्तपुरबाट ल्याइएकाबन्दाबजार आइनपुग्दै बिग्रने गरेको चौधरीले बताए। अत्यधिक कुहिएकाले भारत निर्यात गर्न नसकिएको धरानस्थित कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए।

बन्दा टिपेकै दिनदेखि कुहिन थाल्नुमा कृषकहरूले अत्यधिक रासायनिक मल प्रयोग, झरी परेको बेला टिप्नु, हरियो तरकारी ढुवानीमैत्री गाडी नहुनु र बिक्री भण्डारस्थल पनि व्यवस्थित नहुनु जस्ता कारण रहेको व्यवसायीहरुले बताउने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.