|

सोलुखुम्बु : भरुवा बन्दुक लुकाएर राखेको अभियोगमा एक युवक विरुद्ध हात–हतियार खरखजना अन्तर्गत मुद्दा दर्ता भएको छ। घरमा भरुवा बन्दुक लुकाएर राख्ने सोलु दुधकुण्ड नगरपालिका १० टाप्टिङका २३ वर्षीय पासाङ तामाङ विरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

ससुरा नाता पर्ने माझी तामाङको बारीमा डेरा गरी बस्ने तामाङले बन्दुक लुकाएर राखेको जानकारी अनुसार प्रहरीले भदौ ५ गते बन्दुकसहित त्यसमा प्रयोग हुने बारुद समेत बरामद गरेको थियो। तामाङ बसेकै ठाँउबाट बन्दुक बरामद भएपनि उनी फरार थिए।

प्रहरीले भदौ १५ गते निजकै घरबाट पक्राउ गरी १६ गते मुद्दा दर्ता गरेको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए। हात–हतियार बुझाउन प्रहरीले सार्वजनिक सुचना प्रसारण गरेपनि तामाङले हतियार नबुझाएको पाइएको हो।

हतियार भएर पनि नबुझाउनेलाई कडा निगरानीमा राखेर खोजतलास भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.