|

काठमाडौं : राजदेवी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘यो पागल मन’ को  फस्ट लुक्स पोस्टर सार्वजनिक  भएको छ। काठमाडौं आसपास तथा पूर्वको रमणीय स्थानमा सुटिङ भएको यो फिल्ममा विनोद न्यौपने, राजेश ढुंगाना, ऋचा सिंह ठकुरी, यनि कुँवर, गौरी मल्ल, भोमन कटुवाल लगायत कलाकारको अभिनय छ।

अर्जुन पोखरेलको संगीत, राजु किराँतको द्वन्द्व, कमल राईको कोरियोग्राफी रहेको यस फिल्मलाई शम्भु सापकोटले खिचेका हुन् भने कल्याण अधिकारीले निर्देशन गरेको हुन्।

यही असोज २७ गतेदेखि अल नेपाल रिलिज हुन लगेको यस फिल्मको निर्माण  कल्याण अधिकारी र विरेन्द्र कुमार यादवले संयुक्त रुपमा गरेका हुन्। रोमन्टिक लभ स्टोरी भएकाले यस फिल्मले दर्शकको मन जित्ने चलचित्रका निर्देशक कल्याण अधिकारीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.