|

डडेल्धुरा  : सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा डडेल्धुरा सदरमुकाम बसपार्कमा संचालन भइरहेको राष्ट्रिय गौरा महोत्सवको दोस्रो दिन सहभागीहरुले छाता ओडेरै देउडा खेलेका छन्। आफ्नो परम्परागत संस्कृतिको जर्गेना गर्ने उद्देश्यले उनीहरुले छाता ओडेरै देउडा खेलेका हुन्। 

शुक्रबार बिहानदेखि अपरान्ह ४ बजेसम्म लगातार वर्षा भएपनि उनीहरुले देउडा खेल्न भने छोडेनन्। बिहीबारदेखि सुरु भएको गौरा महोत्सवमा देउडा खेलमा सहभागी पाटन नगरपालिका वडा नं १० बैतडीका देउडीया भास्कर दत्त पन्तले भने ‘गौरा हाम्रो महान पर्व हो।

पानी परे हामीले बसपार्कमा जमात् बनाएर छाता ओडेरै देउडा खेल्यौं।’ भोली मौसमले साथ दिए अझै हर्षोउल्लासका साथ देउडा खेलमा भाग लिने देउडिया पन्तले बताए।

यस्तै देउडा खेलमा सहभागी मेलौली नगरपालिका वडा नं १ बैतडीका देउडीया तारा चन्दले वर्षा भएपनि संस्कृतिलाई निरन्तरता दिनका लागि आफुहरुले छाता ओडेरै देउडा खेलेको बताए। ‘देउडामार्फत हामीले एक अर्काको सुख : दुख बाँड्यौ। पानीले हामीलाई केही पनि प्रभाव पारेन,’ उनले भने।

देउडा खेलमा सुदुरपश्चिमेली युवा, वृद्धवृद्धा, पुरुष तथा महिलाहरुको सहभागीता थियो।  महिलाहरुले पनि वर्षाको कुनै प्रवाह नगरी बोलोनाच, फाग जस्ता कार्यक्रमहरु प्रर्दशन गरेका थिए। 

विगतका वर्षहरुझै यस वर्ष पनि राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुराले ‘राष्ट्रिय गौरा महोत्सव २०७४’ गरेको हो। गौरा महोत्सव भदौ १८ गते सम्म संचालनमा  रहने आयोजकले जनाएको छ। 

उक्त महोत्सवमा गौरा नाच, फाग सहित चैत हुड्केली, बालोनाथ घुईचम्फा, अठेवाली जस्ता कार्यक्रमहरु हुने आयोजक राधाकृष्ण मन्दिर विकास समितिका अध्यक्ष देवराज भट्टले जानकारी दिए।

हेर्नुस् थप फोटो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.