|

काठमाडौं : भ्रष्टाचारको कसुरमा सजाय पाएको व्यक्ति उम्मेदवार बन्न पाउने कि नपाउने भन्ने विवादका कारण संसदको राज्य व्यवस्था समितिको शुक्रबारको बैठक स्थगित भएको छ। भ्रष्टाचारमा सजाय पाएको व्यक्ति उम्मेदवार बनाउन पाउने कांग्रेसको केही सांसदको अडान छ नभने पाउन हुँदैन भन्नेमा एमााले, माओवादी केन्द्र र साना दल छन्। यही अडानका कारण गत साउन २२ गतेपछि बस्न नसकेको बैठक शु्क्रबार पनि प्रभावित भयो। 

शुक्रबार विहान ११ बजे बोलाइएको बैठक सुरु हुनासाथ भ्रष्टाचारमा सजाय पाएको व्यक्ति उम्मेदवार बन्न पाउने कि नपाउने भन्ने विषयमा विवाद भएको थियो। त्यसपछि बैठक स्थगित गरी दिनभरी दुई पक्षीय र बहुपक्षीय छलफल भएको थियो। अपरान्ह ४ बजे बसेको दोस्रो बैठक १९ गते सोमबार बस्ने गरी स्थगित गरिएको छ। समितिका सभापति दिलबहादुर घर्तीले राजनीतिक सहमति जुटाउन तीन दिनको  समय माग गरेका छन्। सोमबार बिहान बस्ने बैठकमा सहमतिमा पुग्ने विश्वास सभापतिले दिलाएका छन्। 

कांग्रेसभित्र पनि सबै पक्षले यो विषयमा जोडबल गरेका छैनन्। प्रधानमन्त्री शेरबहादुर देउवाको दबाबमा समितिका सदस्य पूर्णबहादुर खड्काले मात्र जोडदार रुपमा उठाएका छन्। कांग्रेस नेता कृष्णप्रसाद सिटौला भने भ्रष्टाचारमा सजाय पाएका व्यक्तिलाई उम्मेदवार बनाउन हुने पक्षमा छैनन्। भ्रष्टाचारमा सजाय पाएको व्यक्तिलाई चुनाव लड्न दिने व्यवस्था संविधानको धारा ८७ (घ) को प्रतिकुल हुने भएपछि उनी पछि हटेको स्रोतले बतायो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.