|

रसुवा : जिल्ला प्रशासन कार्यालयलाई लक्षित गरी स्तनपान कक्ष स्थापना गरिएको छ। विभिन्न सेवाका लागि जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई लक्ष्य गरी नागरिक सहायता कक्ष र महिला सेवाग्राहीका लागि स्तनपान कक्ष स्थापना गरिएको हो।

साना बालबालिका लिएर आउने महिलालाई आरामले बसेर स्तनपान गराउने सुविधासहितको स्तनपान कक्ष सञ्चालनमा ल्याइएको हो। प्रमुख जिल्ला अधिकारीका रुपमा हिरादेवी पौडेल आएपछि नागरिक सहायता कक्ष र स्तनपान कक्ष स्थापना गरिएको हो।

दैनिक कामका लागि आउने सेवाग्राहीलाई परामर्श दिन कार्यालयको अग्रभागमा नागरिक सहायता कक्षको स्थापना गरिएको छ। सहायता कक्षमा कार्यरत विमेन एक्टकी सरस्वती न्यौपानेका अनुसार सेवाग्राहीले लिन चाहेको सेवा कुन हो त्यो बुझेर सल्लाह दिने र सम्बन्धित निकायमा पठाउने गरिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.