|

जुम्ला : यहाँको तिला गाउँपालिकाको त्रिवेणी धाममा सञ्चालन भएको विश्वकल्याण कोटिहोम महायज्ञमा झण्डै १० लाख रुपैयाँ संकलन भएको छ।  भदौ ६ गतेदेखि २१ गतेसम्मका लागि सञ्चालन भएको यो कोटिहोमको ८ दिनमा १० लाख रुपैयाँ संकलन भएको हो। कोटिहोम सञ्चालन मूल आयोजक समितिका संयोजक गोरखबहादुर शाहीले १ लाख ११ हजार १०० रुपैयाँ प्रदान गरेको समितिका महासचिव शान्तिनाथ योगीले जानकारी दिएका छन्। त्यसपछि तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले ५१ हजार १०० रुपैया र बाँकी सबैले ५ सय देखि ११ हजार रुपैयाँसम्म दिएका छन्।

त्रिवेणी धाममा सञ्चालित कोटिहोममा प्रवचन सुन्ने र पूजाआजा गर्ने हिन्दु धर्मालम्बीहरुको दिनहुँ भीड लाग्ने गरेको छ। प्रमुख वाचक आचार्य पूज्य नारायण सञ्जेलजी महाराजले प्रवचन दिएको कोटिहोममा महिला, बालबालिका र वृद्धहरुको सहभागिता बढी रहेको छ।

त्यसमा ओम शान्तिका बम्हाकुमारीले सपनाले पनि बीच बीचमा प्रवचन दिएकी छन्। प्रवचनमा आ–आफ्नो क्षेत्रबाट हैसियत अनुसार दान दिएर सक्दो सहयोग गर्न र भाद्र २१ गतेसम्म कोटिहोममा सहभागी भएर शोभा बढाउन समितिले हार्दिक अपिल गरेको छ। दान दिने दानकर्ताहरुलाई आयोजक समितिले सम्मान गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.