|

दाङ : कारले ठक्कर दिँदा दाङमा एकै घरका ४ जना घाइते भएका छन्। शुक्रबार राती ८ बजे घोराहीबाट तुलसीपुर जाँदै गरेको बा १४ च ८२६ नम्बरको कारले घोराही उपमहानगरपालिका ११ बुटलीडाडा नारायणपुरमा पैदल यात्रा गरिरहेका एकै घरका चारजनालाई ठक्कर दिँदा चारैजना घाइते भएका छन्।

कारको ठक्करबाट घाइते हुनेमा घोराही ११ का ४५,वर्षीय दुर्गाराम चौधरी, उनकी श्रीमती ३५ वर्षीय जगमती चौधरी, १४ वर्षिया छोरी आरती चौधरी र २ वर्षीया छोरा समर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घाइते चारै जनाको कोहरपुर मेडिकल कजेलका उपचार भइरहेको दाङ जिल्ला प्रहरी प्रमुख दुर्गा सिंह चन्दले जानकारी दिइन्। ठक्कर दिने कार प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने फरार खोजी कार्य भइरहेको प्रहरीले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.