लागुऔषध नियन्त्रणमा तनमन देखाएर लागेका छौं : एसपी भट्ट

|

उदयपुर :    गएको १ गतेबाट भदौबाट १४ गतेभित्र उदयपुरमा ३६ जना लागुऔधष सेवनकर्ता र कारोबारी पक्राउ परे। जिल्ला प्रहरी कार्यालयल उदयपुरले १४ जनालाई लागुऔषध कारोबारी गर्ने गरेको आरोपमा कानुनी कारबाही अघि बढाएको भन्दै बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दियो।

जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले लागुऔषधका व्यापारी र सेवनकर्ताबाट  लुपिजेसिक ८४ एम्पुल, इाइजेल्वाव ८३ एम्पुल, फेनरागन ८२ एम्पुल, नाइट्रोसन ट्याबलेट ११ गोटी, गाँजा ३ सय ८० ग्राम, नगद १६ हजार १ सय ६० रुपँयासहित ओसारपसारमा प्रयोग भएको सवारीसाधन स.१.ह ७५६ नम्बरको अटोरिक्सा १ वटा बरामद गरेको जानकारी दिए।

२ साताअघि मात्र उदयपुर सरुवा भई आएका एसपी भट्टले लागुऔषध कारोबारी र सेवनकर्ता न्यूनीकरणका लागि विशेष योजना बनाएर लागि परेको बताउन थालेका छन्। जिल्ला प्रहरीको आर्थिक वर्ष ०७१/०७२ देखि ०७४/०७५ को साउन भदौ महिनासम्मको तथ्यांक हेर्दा भदौ १ गतेदेखि १४ गते भित्र पक्राउ परेका लागुऔषध कारोबारी र सेवनकर्ताको संख्या उच्च छ। जुन १४ जना कारोबारी गर्ने मात्र छन्। तर, आव ०७१/७२ र ०७२/०७३ मा २४ जना लागुऔषध कारोवारीलाई कानुनी कारबाही गरिएको तथ्याक भएको प्रहरी प्रमुख भट्टले बताए। उनका अनुसार आव ०७३/०७४ मा २३ जना कारबाहीमा परेका छन्।

‘प्रहरीले जिल्ला अदालतमा मुद्धा दर्ता गरेर कारबाही गरेकाको मात्र तथ्यांक हुन्छ,’ उनले भने, ‘आव ०७४/०७५ सुरु हुँदै गर्दा ३६ जना पक्राउ परेकामा १४ जनाविरुद्ध मुद्धा दर्ता गरिएको छ।’

१४ जना कारोबारीलाई कानुनी कारबाही अघि बढाइएको छ, उदयपुरमा विगतका वर्षमा पक्राउ परेका लागुऔधष कारोवारी तथा सेवनकर्तामध्ये कमै मात्रले कारवाहीमा पर्ने गरेको पत्रकार सुखिलाल चौधरीले टिप्पणी गरे। ‘एक हप्तामा प्रहरीले सक्रियता बढाउँदा ३६ मध्ये १४ जनालाई कारवाही सुरु गरिएको छ,’ पत्रकार चौधरीले भने, ‘विगतको तुलनामा हेर्दा यो उच्च हो, विगतमा पक्राउ परेको हल्ला गर्ने प्रहरीको तथ्यांकले कमी देखायो।’

यता, लागुऔषध नियन्त्रणसम्बन्धी काम गर्ने गैरसरकारी संस्था सामाजिक उत्थान केन्द्रका अध्यक्ष सागर नेपालले उदयपुर लागुऔषधको अखडा बन्दै गएको गुनासो गरे। ‘गाईघाटमा सेवनकर्तानै कारोवारी गर्ने छन भने, कटारी क्षेत्रमा व्यावसायिक कारोवारी गर्ने छन्,’ अध्यक्ष नेपालले भने, ‘कटारी क्षेत्रमा धेरैले प्रहरीको सेटिङमा सोलुखम्बु ओखलढुंगा पुर्‍याउने गरेको देखिन्छ।’ एसपी भट्टले चलाएको अभियानले निरन्तरता पाउँदा ठूलो संख्यामा लागुऔषध प्रयोग कर्ता फेला पर्ने सामाजिक उत्थान केन्द्र नेपालको भनाइ छ।

 

गाँजा उत्पादनमा कमी हुँदै

लागुऔधष उत्पादनको केन्द्र मानिन्छ। केही वर्षअगाडि मात्र लागुऔषध अफिम खेती नै फेला परेको थियो। यता गाँजा खेती हुने क्षेत्रमा प्रहरीले वर्षेनी फडाँनी गर्दै आएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरको तीन वर्षे तथ्यांकअनुसार आथिर्क वर्ष ०७१÷०७२ मा एक हजार ९९ रोपनी जग्गा खेती गरिएको गाँजा खेती नष्ट गरिएको छ। यसैगरी आव ०७२÷०७३ मा एक हजार ८ सय १६ रोपनी, आव ०७३÷०७४ मा एक सय ७४ रोपनी फडानी गरिएको छ। जुन अघिल्लो ०७७१ देखि ०७३ सम्म आउँदा धेरैको संख्यामा घटेको छ। ‘यस वर्ष पनि पुर्व क्षेत्र र पश्चिमी क्षेत्रमा गाँजा रोपिएको सुनिएको छ,’ एपसपी भट्टले भने, ‘त्यसलाई फडानीको तयारी गरिएको छ।’

पुनःस्थापना केन्द्रको आवश्यकता

उदयपुरमा लागुऔषध नियन्त्रणको मुख्य गरी पुर्न स्थापन केन्द्रको अवाश्यकता रहेको सारोकारवालाको माग छ। ‘लागुऔषध दुव्र्यसनीको संख्या ठुलो छ,’ सामाजिक उत्थान केन्द्रका अध्यक्ष सागर नेपालले भने, ‘प्रहरीले कारवाही गरेको छैन भन्नुपर्दा पनि प्रहरीले पक्राउ गरेपछि त्यसलाई पुर्न स्थापना केन्द्रमा राखेर सुर्धानु पर्ने देखिन्छ, तर उदयपुरमा छैन।’

अध्यक्ष नेपालका अनुसार सामाजिक उत्थान केन्द्रले वर्षेनी ५० देखि ७० जनाकोबीचमा जिल्ला बाहिर रहेका लागुऔषध दुव्र्यसनी पठाउने गरिएको छ। ‘सरकारी तथा गैर सरकारी निकायबाट लागुऔषधको लागि विनियोजित बजेट सामुदायिक सेवा केन्द्रले परिचालन गर्ने गरेको छ।’ नेपालले भने, ‘दुव्र्यसनीले चरम विन्दु नाघिसकेपछि हामीलाई खवर गर्छन, हाम्रो काम त्यही भएकाले पुर्न स्थापन केन्द्र पठाउने गर्दछौ।’ जसले यस क्षेत्रमा काम गर्छ उसैलाई लागुऔषध नियन्त्रणमा साथ दिए धेरै राम्रो हुने नेपालको दुखेसो छ।

यता सामुदायिक सेवा केन्द्रका सदस्य तथा पत्रकार सेनानी कौशल चेमजोङले सेवा केन्द्रले लागुऔष प्रयोकर्तालाई पुर्न स्थापना गर्ने, जनचेतनामुलक काम गर्ने गरेको बताए। ‘लागुऔषधसम्बन्धी कुनै छुट्टै बजेट छैन,’ चेमजोङले भने, ‘उदयपुरमा लागुऔषध डरलाग्दो छ, त्यसलाई नियन्त्रण गर्न सवै जुट्नु पर्ने वेला आएको छ।’

एसपी भट्टराईको अभियानले निरन्तरता पाओस्

उदयपुरमा आउने प्रहरी प्रमुखले पहिलो चरणमा लागुऔषध नियन्त्रण तनमन देखाएर लाग्ने गरेका छन्। ०७१ सालदेखि अहिलेसम्म आएका जिल्ला प्रहरी प्रमुख टेकबहादुर गुरुङ, गोविन्द साह, नरबहादुर खत्री(केसी) पछि नवराज भट्ट हुन। सवै प्रहरी प्रमुखले पहिलो आफ्नो काम देखाउनको लागि पक्राउको अभियान तिव्र

बनाउने गरे पनि पछि सुस्ताउने गरेको भुक्तभोगीको भनाइ छ। ‘प्रहरीले प्रयाजसो सेवनकर्तालाई मात्र पक्राउ गर्दछ,’ चरम दुर्व्यसनीमा फसेर पुर्न जिवन पाएका एक युवाले भने, ‘व्यवसायिक रुपमा कारोबार गर्ने सिरहा र सप्तरीमा धेरै भएपनि पक्राउ पर्न सकेको सुनेको छैन।’

दुई वर्ष अघि लागुऔषध सेवन गर्न जाँदा पक्राउ परी पुर्न स्थापन केन्द्रबाट छुटेर आएका उनले उदयपुर प्रहरीले गाईघाट आउने लापत्ता, कटारी आउने मिर्चैयामा कडाई गरेपछि अन्य बटोभएर आउने गरेका छन।’ कटारी क्षेत्रबाट ओखलढुंगा र सोलुखुम्बु अनि खोटाङसम्म कारोबार हुन्छ। यसमा प्रहरीले पनि सेटिङ मिलाएको पनि मैले देखेको छु। प्रहरी र दुर्व्यसनीमा लागेर पुर्न जिवन पाएकाहरुका अनुसार बुबाआमा विदेश बस्ने, प्लस टु पढ्दै गरेका, ११ देखि २३ वर्ष मुनिका युवा युवति लागुऔषधमा फस्ने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.