कुन पदाधिकारीले कति मत ल्याए? पढ्नुस्

|

काठमाडौं : पहिलोपटक निर्वाचन प्रणालीबाट संगठनको नेतृत्व छनोट गरेको  नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ निर्वाचित भएका छन्।

निर्वाचन प्रणालीबाट नेतृत्व छनोटलाई नयाँ प्रक्रियाको सुरुवात भएको नवनिर्वाचित अध्यक्ष रञ्जित तामाङले बताएका छन्। 'यो संगठनको नयाँ अभ्यास रह्यो, १८ औं सम्मेलनमा उठेको निर्वाचन मार्फत नेतृत्व चयनको माग अहिले आएर पूरा भएको छ', उनले भने, 'अनिल शर्मा र म निर्वाचनबाट आउने परिणाम स्वीकार्ने र संगठनको अस्तव्यस्ततालाई अन्त गर्न तयार भएपछि यो प्रक्रिया अगाडि बढेको हो।' उनले निर्वाचनबाट आएको केन्द्रीय समितिले संगठनलाई विधिमा लैजाने उनले बताए।

नवनिर्वाचित अध्यक्ष तामाङले संगठनमा पुस्तान्तरण भएको बताएका छन्। उनले संगठनलाई चुस्त दुरुस्त बनाएर लैजाने प्रतिवद्धता पनि जनाए।  

अध्यक्षमा २३ मतले पराजित भएका अनिलकुमार शर्माले सम्मेलनले 'इतिहास रचेको' बताए। उनले भने, 'खुला दिलले हाम्रा कार्यकर्ता साथीहरुलाई आफ्नो नेतृत्व चयन गर्ने अधिकार सुनिश्चित गरेका छौं।'

अध्यक्षमा भएको पराजयसँगै शर्माले विद्यार्थी राजनीतिबाट विदाइ लिएको घोषणा गरेका छन्। उनले निर्वाचनबाट विदाइ हुन पाएकोमा सन्तुष्ट रहेको बताए। 'विगतका साथीहरु कसैले थोपरेको निर्णय मानेर मन अमिलो पारेर विदाइ हुनुपर्थ्यो, अहिले मलाई चित्त बुझेको छ' उनले भने। नयाँ पुस्तालाई प्रतिस्पर्धाका आधारमा राजनीतिमा आउन क्रान्तिकारीले बाटो खोलेको बताए। 

भदौ ७ देखि ११ सम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा रहेको स्मृति भवनमा भएको २१ औं राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व निर्वाचित गर्दै सकिएको छ। 'एकताको राष्ट्रिय सम्मेलन' नारा दिइएको सम्मेलनले ३३ पदाधिकारीसहित २ सय ४३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

शनिबार बिहान सम्पन्न मतगणनामा तामाङले ८ सय ४५ र उनका प्रतिस्पर्धी अनिलकुमार शर्माले ८ सय २२ प्राप्त गरेका थिए।

पदाधिकारीको खुला उपाध्यक्षमा तिलकराज भण्डारी ६ सय ५७, सुरेन्द्र बस्नेत ७ सय १२, दीपक देवकोटा ६ सय ६२ र विजय गौतमले ५ सय ९२ मत ल्याए। समावेशी उपाध्यक्ष अन्तर्गत छात्रामा पञ्चा सिंह १ हजार ५८, मधेसीमा रविकिरण यादव ५ सय २२, जनजातिमा दिपेशकुमार पुन ९ सय २१, दलितमा इन्द्रकुमार भुसाल ८ सय १७ मत ल्याएर विजयी भए।

महासचिवमा उत्तमकुमार अधिकारीले ५ सय ६९ मत ल्याए भने उपमहासचिवमा तुकमान महरा ३ सय ९३, जीपी मैनाली ७ सय २७, मिलन महतारा क्षेत्री ३ सय ४१ मत ल्याएर निर्वाचित भए।

त्यस्तै खुला सचिवमा नरेश रेग्मी ३ र ८९ डीबी साउद ३ सय २३ मत ल्याएर विजयी भए। छात्रा सचिवमा प्रविणा अधिकारी ३ सय २७, गंगा दाहाल ४ सय ७९, मधेसी सचिवमा गजेन्द्रप्रसाद देव ५ सय ८०, जनजाति सचिवमा रामकुमार याक्सो लिम्बू २ सय ४६, मुस्लिम सचिवमा कल्पना मियाँ ७ सय ६५ र दलित सचिवमा मदन भुलले ४ सय ३० मत ल्याएर विजयी भए।

प्रदेश अनुसारका साचिवमा प्रदेश नम्बर १ मा मदनकुमार भट्टराई ४ सय ४०, प्रदेश २ मा सूर्यनारायण शाह ४ सय ४, प्रदेश ३ मा पवन कार्की ४ सय १५, प्रदेश ४ मा क्षितिज सापकोटा ७ सय २४, प्रदेश ५ मा नारायण खनाल ३ सय ५९, प्रदेश ६ मा अम्मराज शाही ५ सय ५८ र प्रदेश नम्बर ७ मा दिनेशप्रसाद भट्ट ७ सय ४५ मत ल्याएर विजयी भएका थिए। विश्वविद्यालय तर्फको सचिवमा डा. अच्युत भट्ट ६ सय ५४ मत ल्याएर विजयी भएका छन्। कोषाध्यक्षमा केशव रावल ५ सय ४४ मत ल्याएर विजयी भए।

निर्वाचन समितिका संयोजक रमेश मल्लले उपमहासचिव सहित ९८ जना भने निर्विरोध निर्वाचित भएको जानकारी दिए। अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि बुधबार निर्वाचन भएको थियो। मतगणना बिहीबारदेखि भएको थियो। २ हजार बढी प्रतिनिधीले सहभागिता जनाएको सम्मेलनमा मतदानमा भने १७ सय प्रतिनिधिले मात्रै सहभागिता जनाएका थिए।

पढ्नुस् : 

प्रचण्डको सहमति लिएर अखिल क्रान्तिकारी चुनावमा, अध्यक्षमा अनील र रञ्जित भिड्ने
            

अखिल क्रान्तिकारीको सम्मेलनमा पार्टीको समर्थन कसैलाई छैन : माओवादी प्रवक्ता भुसाल
            

कस्तो नेतृत्व चाहिन्छ अखिल क्रान्तिकारीमा?

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.