|

कालिकोट : विगत ५ दिनदेखि अवरुद्ध कर्णाली राजमार्गको कालिकोट सडक खण्ड खोल्नका लागि प्रयास थालिएको छ। गगने खोलामा  मंगलबार पहिरो गएपछि राजमार्ग अवरुद्ध थियो। अवरुद्ध  कर्णाली  राजमार्ग  सुचारू हुन अझै  १ दिन लाग्ने जिल्ला ट्राफिक कार्यालय कार्यालय कालिकोटका प्रमुख सुजन पन्तले बताए।

सडक  डिभिजन  कार्यालय  जुम्ला र सुर्खेतका १–१ वटा डोजर प्रयोग गरि राजमार्ग खुलाउने काम भइरहेको पन्तले बताए। ‘अन्दाजी ३ सय मिटर माथिबाट खसेको  पहिरोका कारण २० मिटर  जति ठुला ढुंगाले सडक ढाकेको छ ,’ उनले भने,‘माथिबाट निरन्तर ढुंगा खसिरहेका कारण सडक खुलाउन कठिन छ।’

फोटो हेर्नुस् : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.