|

ओखलढुंगा :  ओखलढुंगामा शुक्रबार मिनि ट्रक दुर्घटना हुँदा एक ज्यान गएको छ। दुर्घटनामा अन्य ५ जना घाइते भएका छन्। ज्यान जानेमा काभ्रे बञ्सु स्थाई घर भएका अन्दाजी १९ वर्षीय नवराज भनिने सने दमाई रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ।

घर निमार्णका लागि गिटी लिएर नवलपुर घाटबाट पलापुतर्फ आउँदै गरेको ना ४ ख ८०९८ नम्बरको मिनि ट्रक चम्पादेबी गाउँपालिका २ नवलपुरमा ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय ओखलढु्गाका प्रमुख प्रहरी नायक उपरीक्षक अर्जुनप्रसाद तिमिल्सीनाले बताए। ट्रक सडकबाट लगभग २ सय फिट तल खसेको छ।

दुर्घटनाका घाईतेहरुको सिन्धुलीको खुर्कोटस्थित एक क्लिनिकमा उपचार भइरहको प्रहरीले जनाएको छ। उनिहरुको अवस्था सामान्य रहेको छ। ट्रकका चालक भने प्रहरीको नियन्त्रण रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ। यस्तै, जिल्लाको खिजीदेम्बा गाउँपालिका ३ मा शुक्रबार नै टाटा सुमो दुर्घटना हुदाँ बिहेका लागि केटी माग्न हिडेको एक जनाको घटना स्थलमै मृत्यु भएको छ। अन्य पाँच जना घाईते भएका छन्।

दुर्घटनामा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका ७ याकुका ३६ वर्षीय लाक्पा देण्डी शेपाको मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार बिहान रामेछापको धोबीबाट ओखलढुंगाको खिजिचण्डेश्वरी आउदै गरेको ना १ ज ५६७८ नम्बरको टाटा सुमो खिजीदेम्बा गाउँपालिका ३ मा उकालोमा ब्रेक फेल भई चिप्लीएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अन्य पाँच जना घाईते भएका छन्। घाइतेमध्ये सोलुखुम्बुको दुधकुण्ड नगरपालिका ७ याकुकै ४६ बर्षीय आङदली शेर्पाको अवस्था गम्भिर रहको छ। उनीहरुको चण्डेश्वरी स्वास्थ्य चौकीमा उपचार भैरहको खिजिफलाटे प्रहरी पोष्टका सई पशुपतीनाथ झाले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.