|

सोलुखुम्बु : पर्यटकीय क्षेत्र खुम्बुमा चहलपहल सुरु भएको छ। सिजन सुरु भएसँगै बाह्य पर्यटकको चहलपहल सुरु भएको हो। शनिबार मात्र यस क्षेत्रको भ्रमणका लागि विभिन्न देशका १०४ जना पर्यटक खुम्बु प्रवेश गरेको पर्यटक प्रहरी प्रमुख असइ सरयुग महत्तोले जानकारी दिए। 

अधिकांश पर्यटक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौं  हुँदै तेन्जिङ हिलारी विमान स्थल लुक्ला आएका हुन्। भदौ ८ गते देखि शनिबारसम्मको तथ्याङ्कलाई हेर्दा २२८ जना पर्यटक खुम्बु भ्रमणमा आएका छन्। 

पर्यटन प्रहरी लुक्लाको तथ्याङ्क  अनुसार भ्रमणमा आउनेमध्ये सबैभन्दा बढी बेलायतबाट ३३ जना, भारतबाट २९, अस्ट्रेलियाबाट २६ र अमेरिका बाट १५ जना पर्यटक छन्। यस्तै बङ्गलादेश, डेनमार्ग, चिल्ली, भेतनाम, ब्राजिल, पेरु, दुबई लगायतका देशबाट पनि पर्यटक आएका छन्।

पर्यटकको आगमनसँगै यस क्षेत्रमा भरियाहरुको समेत चहलपहल बढेको छ। सिजन सकिएसँगै बाहिर घुम्न गएका होटल सञ्चालक समेत धमाधम होटल, लज सञ्चालन गर्न फर्किएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.