|
Title Photo : thesun.co.uk

एजेन्सी : इंलिस फुटबल टिमका पूर्व कप्तान वायनी रुनी शुक्रबार मापसे गरेर गाडी चलाएपछि प्रहरी हिरासतमा पुगेका थिए। उनी जमानतमा रिहा भइसकेका छन्। 

तर घटना यतिमै सेलाएको छैन। वायनी रुनीको व्यवहारबाट उनकी श्रीमती कोलिन रुनी आजित भएकी छिन्। मदिरामा लट्ठ अवस्थामा पक्राउ परेका रुनीसँगै कारमा अर्की युवती समेत रहेको घटना सार्वजनिक भएपछि परिवारमा पहिरो गएको छ। रुनीका ३ छोरा छन्।  श्रीमती कोलिन ४ महिनाकी गर्भवती समेत छिन्। 

बेलायती प्रहरीले स्थानीय समयअनुसार शुक्रबार बिहान २ बजे कालो रंगको बिटल कारमा रुनीलाई भेटेको थियो। रुनी गाडी कुदाउँदै थिए। बेलायती सञ्चारमाध्यमहरुका अनुसार उनीसँगै कारमा अर्की एक युवती समेत थिइन्। जमानतमा रिहा भएका रुनीले १८ सेप्टेम्बरमा फेरि यस मुद्दाका लागि अदालतमा हाजिर हुनुपर्नेछ। 

को थिइन् ती युवती ?

वायनी रुनीसँगै कारमा रहेकी  लाउरा सिम्पसन नामकी युवती एक छोराकी आमा हुन्। उनी अफिसकी कर्मचारी हुन्। ट्वीटरमा १५ सय फलोअर्स रहेकी यी महिलालाई घर छोड्नका लागि रुनीले उनको कार बिटल कार चलाएका थिए। 

यी महिलाका अनुसार उनले रुनीसँगै बारमा भोड्का र ककटेल पिएकी थिइन्। ‘उनले मेरो स्तनमा स्पर्श गरे। त्यसपछि यी वास्तविक हुन् ? भनेर प्रश्न राखे। हामीले एकअर्कालाई किस गर्‍‍यौं। अंकमाल गर्‍‍यौं। तर म अर्काको श्रीमानलाई लैजाने खालको होइन,’ उनले मेल अनलाईनसँगको कुराकानीमा भनेकी छिन्।

मदिराका कारण १० घण्टासम्म आफु पागलस्तै बनेको उनले बताएकी छिन्। २९ वर्षकी यी महिला सेल्फी, फेशन र रात्री जीवनकी सोखिन रहेको बताइएको छ। 

श्रीमती रुष्ट 

वायनी रुनीकी श्रीमती कोलिन भने यस घटनापछि स्तब्ध छिन्। ३ छोराकी आमा कोलिन चार महिनाकी गर्भवती समेत हुन्। उनी स्पेनमा आफ्ना ३ छोरासँग घुमघाममा व्यस्त थिइन्, जतिबेला उनले मध्यरातमा रुनी पक्राउ परेको थाहा पाइन्।

गत साता मर्लोका पुगेकी ३१ वर्षकी कोलिने यसअघि छोराहरुसँग खुसीयाली मनाइरहेको फोटो पोस्ट गरेकी थिइन्। ‘डिनर विथ माई ब्वाईज’ फोटोमा क्याप्सन दिइएको थियो। 

यसअघि म्यानचेस्टर युनाइटेडमा छँदा रक्सी सेवन गरेर खराब व्यवहार गरेका कारण रुनीको बारम्बार आलोचना हुने गरेको थियो। रुनीको पारिवारिक स्रोतको हवाला दिदैं ‘द सन’ले लेखेको छ, ‘एर्भटन आएपछि रुनी सुध्रने आशा थियो। तर शुक्रबार राती जे भयो। त्यसपछि उनी विक्षिप्त छिन्।’

पारिवारिक स्रोतका अनुसार रुनीसँग रुष्ट कोलिनले सुध्रनका लागि उनलाई अन्तिम मौका दिएकी छिन्। यसअघि सन् २०१० मा हेलेन उड नामकी एक यौनकर्मीले रुनी आफुसँग सुतेको दाबी गरेकी थिइन्। त्यतिबेला कोलिन ५ महिनाकी गर्भवती थिइन्। सन् २०१५ र गत वर्ष पनि रक्सीले मातेको अवस्थामा रुनी क्यामेरामा कैद भएका थिए। 

३१ वर्षका रुनी यसै सिजन म्यानचेस्टर युनाइटेड छाडेर आफ्नो किशोराअवस्थाको क्लब एभर्टनमा आबद्ध भएका हुन्। उनले केही समयअघि मात्रै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका थिए। उनले इङल्यान्डबाट ११९ खेल खेल्दै ५३ गोल गरेका छन्। उनी इङल्यान्डका सर्वाधिक गोलकर्ता हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.