|

पाल्पा : पाल्पामा एक युवकको गएराति एक जना हत्या भएको छ। रामपुर नगरपालिका– १ चिहानडाँडाका २९ वर्षीय ओमबहादुर खाँणको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रमेश पण्डितले जानकारी दिए।

गएराति ९ बजे माटो खन्ने हतियार प्रयोग गरी खाँणको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ। रामपुरस्थित ग्रामीण विकास बचत तथा ऋण सहकारी संस्थामा कार्यरत खाँण देवीस्थानमा भाडामा बस्दै आएका थिए।

उनको हत्या कसले गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको पण्डितले बताए। शव पोष्टमार्टमका लागि सामुदायिक अस्पताल रामपुरमा राखिएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.