समाज

संरक्षण अभावले ओझेलमा ‘बाघकोट’ क्षेत्र, ८ सय मिटर लामो गुफा पुरिँदै
SHARES

संरक्षण अभावमा पुरिँदै गएको अजयमेरु गाउँपालिका-४ मा रहेको बाघकोट गुफा।
भदौ १८, २०७४

    डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकाको वडा नं ४ दुदधारीमा रहेको ‘बाघकोट’ क्षेत्र संरक्षण र प्रचार प्रसारको अभावले ओझेलमा परेको छ।  १६/१७ औं शताब्दीमा तत्कालीन राजा (बाघकोटी) ले बनाएका संरचनाहरु संरक्षणको अभावले लोप हुने अवस्थामा पुगेका छन्। तत्कालिन राजाले बनाएको कोट (दरवार, सेना बस्ने चौकी, सुरक्षित हुनका लागि बनाईएको गुफा (सुरुङ) संरक्षणको अभावमा लोप हुँदै गएका छन्।

    गाउँपालिकाको ४ नं वडा र ५ नं वडाको सीमामा रहेको बाघकोट वरिपरि अधिकांश रचनाहरु पनि लोप हुने अवस्थामा पुगेका छन्। ‘संरक्षण र प्रचारप्रसार अभावले यो ठाउँ पर्यटकीय क्षेत्र बन्न सकेको छैन।’ स्थानीयवासी भवानीसिंह ऐडीले भने।

    ‘तत्कालिन राजाले बनाएको झन्डै ८ सय मिटर लामो गुफा पुरिँदै गएको छ। दर्जनौंपटक वडा परिषद् हुँदै साविकको गाविस परिषद्बाट समेत पास गराइसक्यौ, तर सम्बन्धित निकायले चासोसमेत व्यक्त गरेका छैनन्’ तत्कालीन राजाले बनाएका संरचनाहरु हेर्न लायक भएको भन्दै उनले यस ठाउँलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताएका छन्।

    स्थानीयहरुको पहलमा गुफाको केही भाग सफाइ गरिए पनि बजेट अभावले पूरै गुफा सफा गर्न सकिएको छैन। राजाले बनाएका पोखरी, दरबार, चौकीहरुका भग्नाअवशेषहरु मात्रै बाँकी रहेका छन्। सम्बन्धित निकायले चासो नदिँदा यी संरचनाहरु पनि एक दिन बिलाएर जाने स्थानीयहरुले बताएका छन्।

    डडेल्धुरा र बैतडीको सीमामा रहेको दुदपोखरीबाट बाघकोटसम्म सिधै सडक पु¥याउन सके यहाँको पर्यटनमा केही टेवा पुग्ने स्थानीय बासुसिंह भाटले बताएका छन्। डडेल्धुरा जिल्लाले यो क्षेत्रलाई हेर्ने दृष्टिकोण नै फरक छ कसरी हुन्छ विकास? आक्रोश पोख्दै उनले भने। ‘संरक्षणको लागि आउने बजेट टाठाबाढाहरुले मिलेमतो गरी भ्रष्टाचार गर्छन्।’

    बजेट दिने निकाय कागजात मिलाउनमै व्यस्त हुन्छ कसरी विकास  हुन सक्छ? अर्का स्थानीय धर्मबहादुर चन्दले  भने, ‘यहाँका जनताले विकासको अनुभूति नै गर्न पाएका छैनन्।’

    ‘सोधखोज, अनुसन्धानका लागि बाघकोट क्षेत्रमा अहिलेसम्म कोही पनि सरकारी कर्मचारी आएका छैनन्’ चिपुरका समाजिक परिचालक दानबहादुर  ऐरले भने। ‘धारीहुरासम्म सडक पुगिसकेको छ। धारीबाट १ घन्टाको पैदल दूरीमा रहेको बाघकोट क्षेत्रको अध्ययन अनुसन्धान गर्न अप्ठयारो छैन।’

    बाघकोट क्षेत्र संरक्षणका लागि बेलाबेलामा आवाज उठे पनि सुनुवाइ नभएको स्थानीयहरुको गुनासो छ। संरक्षण समिति बनाएर पहिलेदेखि जिल्ला धाउँदासमेत कुनै पनि निकायले सुनुवाइ नगरेको स्थानीय चन्द्रज्योति आधारभूत विद्यालयका शिक्षक रमेश महताले बताएका छन्। बाघकोट क्षेत्रलाई संरक्षण गरी यहाँसम्म पर्यटकहरुलाई पुर्‍याउन सके जिल्लाको आन्तरिक र बाह्य पर्यटनमा टेवा पुग्ने भरतपुर माविका प्रधानाध्यापक रामदत्त भट्टले बताएका छन्।

    उनले शैक्षिक भ्रमण गर्न विद्यार्थीहरुलाई कोट क्षेत्रमा समेत लगेका छन्। यहाँको ऐतिहासिक क्षेत्रलाई प्रवद्र्धन गर्न  बाघकोट क्षेत्रमा लगिएको उनले बताए। सिद्धनाथ दर्शनका लागि यो ठाउँ धेरै महत्वपूर्ण रहेको छ। धारीक्षिणासम्म सडक पु¥याउन सकेमा यो क्षेत्र धार्मिक पर्यटनका लागि विकास हुन सक्ने स्थानीय शिक्षक वीरबहादुर ऐडीले बताएका छन्।

    ऐतिहासिक महत्व बोकेको बाघकोट क्षेत्र पर्यावरणीय दृष्टिकोणले पनि धरै राम्रो रहेको छ। बाघकोट क्षेत्रमा विभिन्न जडीबुडीहरु, औषधीय गुणका हिसाबले धेरै राम्रो मानिएको (सिलाजित) पाइने गरेको छ।

    भौगोलिक हिसावले पनि मिलेको यो ठाउँमा विभिन्न वन्यजन्तुहरु (मृग, घोरल, बन कुखुरा, कालिज आदि पाइने गरेका छन् तर संरक्षणको अभावमा पछिल्लो समयमा सिकारीहरुले बन्यजन्तुहरु मार्ने गरेका छन्। बनकुखुरा र मृग अत्याधिक रुपमा पाईने यो ठाउँमा आजभोली वन्यजन्तुहरु लोप भइरहेका छन्।

    यदि जिल्लाको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्नुछ भने ऐतिहासिक महत्व बोकेको बाघकोट क्षेत्रको संरक्षण हुनु जरुरी रहेको छ। यो क्षेत्रको विकासले मात्रै यहाँका जनताहरुको जीवनस्तर माथि उठ्न सक्छ। गरिबी निवारण, संरक्षण र सम्बद्र्धनको क्षेत्रमा काम गर्दै आएका सरकारी तथा गैरसरकारी संस्थाहरुले आँखा खोल्नु जरुरी रहेको छ।

प्रकाश पार्की

प्रकाश पार्की थाहाखबरका डडेल्धुरा संवाददाता हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]