|

गोरखा : यहाँको सहिद लखन गाउँपालिकास्थित बक्राङको एक घरमा आगोलागी भएको छ। बक्राङका जनार्दन अर्यालको घरमा आइतबार दिउँसो आगोलागी भएको स्थानीय शिक्षक प्रकाश अर्यालले जानकारी दिए।

दिउँसो खाजा बनाउने क्रममा घरमा आगो सल्किएको हो। अर्यालको घरमा खिलबहादुर आलेका परिवार बस्दै आएका थिए। शिक्षक अर्यालका अनुसार घर पूर्ण रुपमा जलेको छ। ‘घर सबै जलेको छ’ उनले भने, ‘उनीहरुले लगाएको लुगाबाहेक केही बाँकी छैन। अन्नपात पनि सबै आँखै अगाडि खरानी भयो।’ घर कच्ची ढुंगामाटोले बनाएको र जस्तापाताले छाएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.