|

सुनसरी : धरानमा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। आइतबार दिउँसो सबा ३ बजेतिर भएको दुर्घटनामा परी धरान- ११ की पूर्णिमा लिम्बूको घटनास्थलमै मृत्यु भएको हो। वडा प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव निरीक्षक (सई) दीपनारायण याादवका अनुसार भोटेपुलतिरबाट भानुचोकतर्फ आउँदै गरेको को२२प २४७४ नम्बरको स्कुटर बीच सडकमा पल्टिएपछि स्कुटरमा सवार २९ वर्षकी पूर्णिमा लिम्बूलाई ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो। 

भानुचोकबाट भोटेपुलतर्फ जाँदै गरेको ना६ख ३१४९ नम्बरको ट्रकले लिम्बूलाई ठक्कर दिएको वडा प्रहरी कार्यालय धरानले जनाएको छ। पूर्णिमा घरबाट श्रीमानसँगै बजार घुम्न निस्किएकी थिइन्। पूर्णिमाका श्रीमान् निरूपण लिम्बूलाई अहिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ। उनको अवस्था समान्य रहेको प्रहरीले बताएको छ।

ठक्कर दिने ट्रकका चालक सुन्दरहरैँचा नगरपालिका मोरङका दीपक सिवाकोटीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

प्रहरीले बताएअनुसार दुर्घटना हुनुको मुख्य कारण सडकमा पोखिएको तेल हो। उक्त सडकमा सवारी साधनबाट तेल चुहिँदा आइतबार दिउँसो अन्य मोटरसाइकल पनि पल्टिएको प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनापछि ट्राफिक प्रहरीको सक्रियतामा तेल चुहिएको ठाउँमा बालुवा लगाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.