|

एजेन्सी: समोसाको तौल १५३ किलो! अचम्म नमान्नुस्, सही हो यो। गत महिना पूर्वी लन्डनको एक मस्जिदमा तयार पारिएको थियो, यो अजंगको समोसा।

उक्त समोसा विश्व कीर्तिमान राख्नका लागि मुस्लिम एड युके नामक संस्थाले बनाएको थियो, जसको तौल १५३ दशमलब १ किलोग्राम रहेको अनुमान गरिएको छ। यो अजंगको समोसा तयार पार्नका लागि दर्जनौँ स्वयंसेवक खटिएका थिए।

समोसामा १०० किलो आलु, २५ किलो प्याज, १५ किलो केराउ, ४४ किलो आटा र विभिन्न पारम्परिक भारतीय मसलाहरूको प्रयोग गरिएको थियो। उक्त समोसालाई पकाउन ४०० लिटर तेलको प्रयोग गरिएको थियो।

त्रिकोणात्मक आकार दिइएको समोसालाई विश्वको सबैभन्दा ठूलो समोसाको प्रमाणपत्र दिन पुगेका थिए, गिनिज बुक अफ वर्ल्ड रेकर्डका निर्णायक प्रवीण पाटेल। उनले समोसालाई तेलको तलाउबाट बाहिर निकाल्दा कुनै असर नपरेको बताएका थिए। उनको भनाइअनुसार डेढ क्विन्टलको समोसा कत्ति पनि खेर फालिएन। समोसा घरबारविहीनहरूलाई खान दिइएको थियो।

हेर्नुस् भिडियो:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.