|

दाङ :  दाङका एक ट्याक्टर चालक आफ्नै गाडीमा मृत फेला परेका छन्। बंगलाचुली गाउँपालिका ५ का ४८ वर्षीया अगीराम घर्ती आफ्नै ट्याक्टरको चालक सिटमा मृत फेला परेका हुन्।

घोराही उपमहानगरपालिका १८ मा रहेको पुर्कोट दह पेट्रोल पम्प नजिकै घर्तीले चलाउँदै आएको रा १ त २२०५ नम्बरको ट्याक्टरको ड्राभइर बस्ने सिटमा आइतबार मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी प्रमुख दुर्गासिंह चन्दले जानकारी दिइन्।

घर्तीको मृत्यु वा हत्याबारे प्रहरीले केही बताएको छैन। पोष्टमार्टमको लागि उनको शव राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.