|

कालिकोट : दैलेखको आठबिस नगरपालिका–८ मा कालिकोटकी एक युवतीको रहस्यमय मृत्युमा प्रहरीले बलात्कारपछि विष खुवाएको आशंका गरेको छ।

सुर्खेतबाट–कालिकोट आउँदै गरेकी युवतीलाई ना ५ ख १८८७ नम्बरको ट्रक चालकले तीन दिनसम्म खिड्कीजिउलाको आले होटलमा बन्धक बनाई बलात्कारपछि विष खुवाएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सुरज पौडेलले बताए। ‘उनको शारीरिक शोषणपछि हत्या भएको आंशका गरेका छौं’ उनले भने, ‘अहिले अनुसन्धान जारी रहेको छ।’

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमलका ३२ वर्षीय गाडी मालिक तथा चालक लक्ष्मीप्रसाद आचार्यले मामा भान्जी नाता जनाएर खिड्कीजिउलाको आले होटलमा युवतीलाई राखेको र तेस्रो दिन शनिबार बिहान ८ बजेतिर बलात्कारपछि विष खुवाएको हुनसक्ने प्रहरीले आशंका गरेको छ।

शनिबार बिहान ती युवतीले विष खाएकी भन्दै राकम बजारको एक निजी मेडिकलमा ल्याएर उपचार गराउँदा प्रहरीले पीडकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। शनिबार नै युवतीलाई उपचारको लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो। प्रहरीले चालक लक्ष्मीप्रसाद आचार्यसँगै होटल सञ्चालक कृष्ण आलेमगरलाई पक्राउ गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.