|

काठमाडौं : नेपाली कांग्रेसले २ नम्बर प्रदेशका ११५ वटा स्थानीय तहमा उम्मेदवारको नाम टुंगो लगाएको छ। आगामी असोज दुई गते २ नम्बर प्रदेशको एक महानगर, तीन उपमहानगरसहित १३६ स्थानीय तहमा निर्वाचन हुँदै छ।

२१ वटा स्थानीय तहका उम्मेदवारको नाम चयनमा भने सहमति हुन नसकेको एक केन्द्रीय सदस्यले बताए। पार्टी केन्द्रीय कार्यालयले २ नम्बर प्रदेशका स्थानीय तहमा उम्मेदवार हुनेको नामावली दिन नसके पनि सबैजसोले टिकट लिएर गइसकेका छन्। पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले केही स्थानीय तहको उम्मेदवार छनोट हुन बाँकी भएको जनाए। पौडेलले भने, ‘ककसले टिकट पाए भन्ने विवरण दिन सकिँदैन।’

काग्रेसबाट २ नम्बर प्रदेशको एक मात्र महानगर औद्योगिक नगरी वीरगञ्जमा पार्टी जिल्ला सभापति अजयकुमार द्विवेदीले प्रमुखको टिकट पाएका छन्। उपप्रमुखमा जिल्ला कार्यसमितिको सिफारिसमा शान्ति कार्कीको नाम सिफारिस भए पनि विवाद भएको छ।

जनकपुर उपमहानगरपालिकाको प्रमुखमा मनोजकुमार साहलाई तोकिएको छ। धनुषामा स्थानीय तहमा पार्टीको स्थानीय गाउँपालिका, नगरपालिका र क्षेत्रीय कार्यसमितिले जिल्ला कार्यसमितिमार्फत पठाएको सिफारिसलाई लत्याएपछि विवाद भएको छ।

धनुषामा कांग्रेस नेता विमलेन्द्र निधिले एकलौटी निर्णय लादेको भन्दै कृषिमन्त्री रामकृष्ण यादवलगायतले विरोध गरेपछि निर्णय हुन सकेको छैन। सप्तरीमा भने राज्यमन्त्री तेजुलाल चौधरी र सांसद रञ्जित कर्णले सप्तरी जिल्ला कार्यसमितिमार्फत आएको सिफारिस नमान्ने अडान लिएपछि विवाद बढेको हो।

सर्लाहीका केही तहमा आकांक्षी नै बढी भएपछि निर्णय हुन सकेको छैन। सिरहाका तीन र रौतहटका दुई स्थानीय तहमा माओवादीसँग तालमेलको लागि खाली राखिएको छ। राजविराज र लहान नगरपालिकामा प्रमुख र उपप्रमुख छान्न कांग्रेसलाई हम्मेहम्मे परेको छ।

सभापति शेरबहादुर देउवा पक्षले एकलौटी निर्णय गरेको भन्दै असन्तुष्ट बनेको रामचन्द्र पौडेल पक्षले उम्मेदवार चयनको लागि बैठक बस्न नै अनिच्छा देखाएपछि करिब डेढ दर्जन  स्थानीय तहका प्रमुख र उप्रमुख, अध्यक्ष र उपाध्यक्षका उम्मेदवार चयन हुन सकेका छैनन्।

कुन जिल्लाका स्थानीय तहमा कोको उम्मेदवार?

सप्तरी जिल्ला
१. राजविराज नगरपालिका प्रमुखमा विवाद
२. कञ्चनरूप नगरपालिका प्रमुखमा विवाद
३. डाक्नेश्वरी नगरपालिका प्रमुखमा विवाद  
४. बोदेबरसाइन नगरपालिका प्रमुखमा कर्मठ यादव र उपप्रमुखमा उर्मिलादेवी साह
५. खडक नगरपालिका प्रमुखमा विवाद
६. शम्भुनाथ नगरपालिका प्रमुखमा विवाद
७. सुरुङ्गा नगरपालिका प्रमुखमा विवाद
८. हनुमाननगर कंकालिनी नगरपालिका प्रमुखमा विवाद
९. छिन्नमस्ता गाउँपालिका अध्यक्षमा कुलानन्द यादव र उपाध्यक्षमा सहिदा खातुन
१०. महादेवा गाउँपालिका अध्यक्षमा गजेन्द्र मण्डल र उपाध्यक्षमा संगीताकुमारी यादव
११. सप्तकोशी गाउँपालिका अध्यक्षमा कृष्णप्रसाद ढकाल र उपाध्यक्षमा रीताकुमारी चौधरी
१२. तिरहुत गाउँपालिका अध्यक्षमा देवनारायण यादव र उपाध्यक्षमा सीतादेवी यादव
१३. तिलाठी कोइलाडी गाउँपालिका अध्यक्षमा अरुणकुमार मण्डल र उपाध्यक्ष खाली
१४. रूपनी गाउँपालिका अध्यक्षमा रामनारायण इसर र उपाध्यक्षमा भूलेश्वरी चौधरी
१५. वेल्ही चपेना गाउँपालिका अध्यक्षमा परमानन्द यादव र उपाध्यक्षमा पुष्पमालाकुमारी यादव
१६. विष्णुपुर गाउँपालिका अध्यक्षमा निलाम्वर यादव र उपाध्यक्षमा झिनझिरा यादव
१७. कृष्णसरवर गाउँपालिका अध्यक्षमा परशुराम चौधरी र उपाध्यक्षमा मीनाकुमारी चौधरी

सिरहा जिल्ला

१. लहान नगरपालिका प्रमुखमा विवाद
२. धनगढीमाई नगरपालिका प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रसँग तालमेल गर्न खाली
३. सिरहा नगरपालिका प्रमुखमा डा. सुवाचन्द्र यादव, उपप्रमुखमा विवाद
४. गोलबजार नगरपालिका प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रसँग तालमेल गर्न खाली
५. मिर्चैया नगरपालिका प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रसँग तालमेल गर्न खाली
६. कल्याणपुर नगरपालिका प्रमुखमा विवाद, उपप्रमुखमा जानकीकुमारी यादव
७. भगवानपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा विवाद
८. विष्णुपुर गाउँपालिका अध्यक्षमा रामचन्द्र यादव र उपाध्यक्षमा सरितादेवी महतो
९. औरही गाउँपालिका अध्यक्षमा विवाद
१०. सुखीपुर गाउँपालिका अध्यक्षमा रामकुमार यादव र उपाध्यक्षमा विवाद
११. कर्जन्हा गाउँपालिका अध्यक्षमा विवाद
१२. बरियारपट्टी गाउँपालिका अध्यक्षमा विवाद
१३. लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्षमा चतुरानन्द ठाकुर र उपाध्यक्षमा श्रीमती अमरकला यादव
१४. नरहा गाउँपालिका अध्यक्षमा कौशल मण्डल र उपाध्यक्षमा गीतादेवी मण्डल
१५. सखुवानानकारकट्टी गाउँपालिका अध्यक्षमा विवाद
१६. नवराजपुर गाउँपालिका अध्यक्षमा विश्वमोहन यादव, उपाध्यक्षमा माओवादीसँग तालमेल

महोत्तरी जिल्ला

१. जलेश्वर नगरपालिका प्रमुखमा अशोककुमार साह, उपप्रमुख बाँकी
२. बर्दिवास नगरपालिका प्रमुखमा मनुप्रसाद अधिकारी र उपप्रमुखमा सुशीला कुसवाह
३. गौशाला नगरपालिका प्रमुखमा प्रह्लाद क्षत्री र उपप्रमुखमा  बाँकी
४. एकडारा गाउँपालिका अध्यक्षमा मनोजकुमार झा र उपाध्यक्षमा जानकीदेवी
५. सोनमा गाउँपालिका अध्यक्षमा नवल यादव र उपाध्यक्षमा बाँकी
६. साम्सी गाउँपालिका अध्यक्षमा विवाद
७. लोहारपट्टी गाउँपालिका अध्यक्षमा विवाद
८. रामगोपालपुर गाउँपालिका अध्यक्षमा राजाराम यादव र उपाध्यक्षमा बाँकी
९. महोत्तरी गाउँपालिका अध्यक्षमा सुनिल झा र उपाध्यक्षमा श्यामादेवी पासवान
१०. मनरा गाउँपालिका अध्यक्षमा किश्वरकुमार सिंह र उपाध्यक्षमा आशादेवी सिंह
११. मटिहानी गाउँपालिका अध्यक्षमा किशोरकुमार सिंह (प्रितम), उपाध्यक्षमा बाँकी
१२. भँगाहा गाउँपालिका बाँकी
१३. बलवा गाउँपालिका बाँकी
१४. पिपरा गाउँपालिका बाँकी
१५. औरही  गाउँपालिका बाँकी

सर्लाही जिल्ला

१. ईश्वरपुर नगरपालिका प्रमुखमा प्रमोद बराल र उपप्रमुखमा चन्द्रकला देवी
२. मलंगवा नगरपालिका प्रमुखमा निर्सल साह र उपप्रमुखमा सवनम मिकरानी
३. लालबन्दी नगरपालिका प्रमुखमा विवाद
४. हरिपुर नगरपालिका प्रमुखमा उदयनारायण चौधरी र उपप्रमुखमा पानुदेवी साह
५. हरिपूर्वा नगरपालिका प्रमुखमा निर्सल साह र उपाध्यक्षमा चन्द्रकला देवी  
६. हरिवन नगरपालिका प्रमुखमा विवाद
७. वरहथवा नगरपालिका प्रमुखमा निजेशप्रसाद दास र नवीन अधिकारीको नाममा विवाद
८. बलरा नगरपालिका प्रमुखमा कमलेश्वरप्रसाद सिन्हा र उपप्रमुखमा अनिता देवी
९. गोडैटा नगरपालिका प्रमुखमा उपेन्द्रप्रसाद कुसवाह र उपप्रमुखमा आशादेवी पासवान  
१०. बागमती नगरपालिका प्रमुखमा कृष्णराज रायामाझी र उपप्रमुखमा शान्तिदेवी महतो
११. कविलासी गाउँपालिका अध्यक्षमा सुरजकुमार साह र उपाध्यक्षमा राजकली देवी
१२. चक्रघट्टा गाउँपालिका अध्यक्षमा रामजी साह र उपाध्यक्षमा निलम अधिकारी
१३. चन्द्रनगर गाउँपालिका अध्यक्षमा श्यामप्रसाद सिंह र उपाध्यक्षमा शान्तिदेवी साह
१४. धनकौल गाउँपालिका अध्यक्षमा रामअस्रे साह र उपाध्यक्षमा पकलीदेवी सहनी
१५. ब्रह्मपुरी गाउँपालिका अध्यक्षमा विवाद
१६. रामनगर गाउँपालिका अध्यक्षमा कृष्णप्रसाद वर्मा र उपाध्यक्षमा मीनाकुमारी पण्डित
१७. विष्णु गाउँपालिका अध्यक्षमा राजेन्द्रराय यादव र उपाध्यक्षमा तिअर्या देवी
१८. पर्सा गाउँपालिका अध्यक्षमा रामसेवक राय र उपाध्यक्षमा तेतरीदेवी

रौतहट जिल्ला

१. चन्द्रपुर नगरपालिका प्रमुखमा विवाद
२. गरुडा नगरपालिका प्रमुखमा सुनिलकुमार यादव र उपप्रमुखमा रंगीलाकुमारी जैशवाल
३. गौर नगरपालिका प्रमुख र उपप्रमुख दुवैमा तालमेलको लागि खाली
४. गुजरा नगरपालिका प्रमुखमा शेख दाउद र उपप्रमुखमा तालमेलको लागि खाली
५. राजदेवी नगरपालिका प्रमुखमा धीरेन्द्रकुमार सिंह र उपप्रमुखमा राजपासँग तालमेल
६. बौधिमाई गाउँपालिका अध्यक्षमा नवलकिशोर साह र उपाध्यक्षमा किरणकुमारी पटेल
७. वृन्दावन गाउँपालिका अध्यक्षमा विवाद
८. देवाही गोनाही गाउँपालिका अध्यक्षमा शेख मजित अलि
९. दुर्गा भगवती गाउँपालिका अध्यक्षमा अरुण साह र उपाध्यक्षमा हेमा झा
१०. गढीमाई गाउँपालिका अध्यक्षमा श्यामप्रसाद यादव र उपाध्यक्षमा तालमेलको लागि खाली
११. मौलापुर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादीसँग तालमेलको लागि खाली
१२. फतुवा विजयपुर गाउँपालिका अध्यक्षमा विवाद
१३. इशनाथ गाउँपालिका अध्यक्षमा कौशल्यादेवी र उपाध्यक्षमा शेख कलाम हुसेन
१४. परोहा गाउँपालिका अध्यक्षमा शेख वकिल र उपाध्यक्षमा सुगन्धी गिरी
१५. राजपुर गाउँपालिका अध्यक्षमा मोहम्मद सकिल अख्तर र उपप्रमुखमा जसिरा खातुन
१६. जमुनामाई गाउँपालिका अध्ययक्षमा श्रीराम राय यादव र उपाध्यक्षमा तालमेलको लागि खाली

बारा जिल्ला

१. कलैया उपमहानगरपालिका प्रमुखमा विवाद
२. जीतपुर सिमरा उपमहानगरपालिका प्रमुखमा विवाद
३. कोल्हवी नगरपालिका प्रमुखमा मुरलीधरप्रसाद चौधरी र उपप्रमुखमा सुभद्रा धिमाल
४. निजगढ नगरपालिका प्रमुखमा विवाद
५. महागढीमाई नगरपालिका प्रमुखमा उपेन्द्रप्रसाद यादव अहिर र उपाध्यक्षमा तारादेवी कानु
६. सिम्रौनगढ नगरपालिका प्रमुखमा विजयशंकर यादव र उपप्रमुखमा रीताकुमारी देवी
७. आदर्श कोटवाल गाउँपालिका अध्यक्षमा जवाहर साह कानु र उपाध्यक्षमा मीनादेवी यादव
८. करैयामाई गाउँपालिका अध्यक्षमा भूमेश्वर धामी र उपाध्यक्षमा चित्ररेखा चौधरी
९. देवताल गाउँपालिका अध्यक्षमा हरिलाल राय यादव र उपाध्यक्षमा लालमुनी देवी
१०. पचरौता गाउँपालिका अध्यक्षमा किश्वरी यादव र उपाध्यक्षमा रञ्जुदेवी चौरसिया
११. परवानीपुर गाउँपालिका अध्यक्षमा विवाद
१२. प्रसौना गाउँपालिका अध्यक्षमा विवाद
१३. फेटा गाउँपालिका अध्यक्षमा रुस्तम अन्सारी र उपाध्यक्षमा चन्दादेवी पाण्डे उपाध्याय
१४. बारागढी गाउँपालिका अध्यक्षमा देवदत्त बछाड र उपाध्यक्षमा चन्द्रावती चौधरी
१५. सुवर्ण गाउँपालिका अध्यक्षमा राजेशप्रसाद यादव र उपाध्यक्षमा रामतीदेवी यादव
१६.विश्रामपुर गाउँपालिका अध्यक्षमा ईश्वरी साह तुराई र उपाध्यक्षमा अर्चना देवी

पर्सा जिल्ला

१. वीरगञ्ज उपमहानगरपालिका प्रमुखमा अजयकुमार द्विवेदी उपप्रमुखमा विवाद
२. पोखरिया नगरपालिका प्रमुखमा रामेश्वरप्रसाद रौनियार र उपप्रमुखमा रिहाना खातुन  
३. जिराभवानी गाउँपालिका अध्यक्षमा महादेवप्रसाद महतो र उपाध्यक्षमा तालमेलको लागि खाली
४. जगरनाथपुर गाउँपालिका अध्यक्षमा श्रीकान्तप्रसाद यादव र उपाध्यक्षमा मैमुल नेसा
५. धोबिनी गाउँपालिका अध्यक्षमा सुरेशप्रसाद कुर्मी र उपाध्यक्षमा मञ्जु देवी
६. छिपहरमाई गाउँपालिका अध्यक्षमा राजेश्वरी महतो केवट र उपाध्यक्षमा शैलदेवी राजपुत
७. पकाहा मैनपुर गाउँपालिका अध्यक्षमा हरि चौहान र उपाध्यक्षमा कुमारी अन्नपूर्ण
८. विन्दवासिनी गाउँपालिका अध्यक्षमा चन्द्रकिशोरप्रसाद वरै र उपाध्यक्षमा किरणदेवी गुप्ता
९. बहुदरमाई गाउँपालिका अध्यक्षमा जितेन्द्रप्रसाद साह तेली उपाध्यक्षमा तालमेलको लागि खाली
१०. पर्सागढी गाउँपालिका अध्यक्षमा लोकनारायण यादव र उपाध्यक्षमा पटियादेवी थरुनी
११. सखुवा प्रसौनी गाउँपालिका अध्यक्षमा साविर हुसैन अन्सारी र उपाध्यक्षमा पुष्पा चौधरी
१२. पटेवा सुगौली गाउँपालिका अध्यक्ष दिनेशकुमार चौधरी र उपाध्यक्षमा ममता महतो
१३. ठोरी गाउँपालिका अध्यक्षमा जरिलाल थिङ र उपाध्यक्षमा गीता विष्ट

धनुषा जिल्ला

जनकपुर उपमहानगरपालिका प्रमुखमा मनोज साह, उपप्रमुखमा खाली
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट