|

काठमाडौं: आइतबार काठमाडौँमा पत्रकार यज्ञशको नयाँ कृति 'भुइयाँ'को विमोचन भयो। नेपाल पर्यटन बोर्ड, भृकटीमण्डममा भएको कार्यक्रमा नेपाल मानवअधिकार आयोगकी आयुक्त मोहना अन्सारी र आख्यानकार कुमार नगरकोटीले संयुक्त रूपमा पुस्तक विमोचन गरे। 

कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दैै नगरकोटीले भने, ‘पहिले यज्ञशजीले पुस्तक लेख्दै छु भन्दा मैले उहाँले आख्यान लेख्दै हुनुहुन्छ होला भन्ने  सोचेको थिएँ तर उहाँले मलाई ‘प्लिजेन्ट सरप्राइज’ दिनुभयो ननफिक्सन लेखेर।' तर, यो पुस्तक फिक्सन जस्तै लाग्ने र यज्ञशको कथ्य बुन्ने तरिका, विम्बको प्रयोग, काव्यिक प्रस्तुति मनपर्ने नगरकोटीले बताए।

अर्की टिप्पणीकार अन्सारीले पुस्तकले सामाजिक आन्दोलनको महत्तालाई पुष्टि गरेको बताइन्। उनले  अनुसन्धान सिकाउन यस्ता पुस्तक उपयोगी हुने भन्दै यस्ता पुस्तक समाजशास्त्र विभागहरूले राख्नुपर्ने बताइन्।

पुस्तक लेखनबारे चर्चा गर्दे यज्ञशले पहिला एक जना महिलाको कथा लेखेको र त्यस्तै कथा अन्य थुप्रै महिलाको पनि भेटिएपछि तिनको कथा पनि लेख्न जाँगर चलेको बताए। 

पुस्तकका प्रकाशक अजीत बरालले औसत जीवनका लागि सङ्घर्ष गरिरहेका महिलाहरूका कथाले पाठकको मानवीय संवेदनालाई छुने र ससाना सामाजिक आन्दोलनलाई हेर्ने उनीहरूको दृष्टिकोणमा परिवर्तन ल्याउने बताए।

पटकथा लेखक यज्ञशले अनुवाद गरेका दुई कृति 'मोहनदास' र 'नेलकटर' यसअघि नै प्रकाशित छन्। 

फाइन प्रिन्टले प्रकाशन गरेको यस पुस्तकको मूल्य ३८८ रुपैयाँ रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.