|

चितवन : दक्षिण चितवनको माडीमा भालुको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन्। माडी नगरपालिका वडा नम्बर ८ इन्द्रबस्तीका ५५ वर्षीय विष्णु सुनार भालुको आक्रमणबाट गम्भीर घाइते भएका हुन्।

घर नजिकै बसिरहेका बेला उनलाई चितवन राष्ट्रिय निकुञ्जबाट आएको भालुले एक्कासि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आइतबार साँझ ६ः२० बजे भालुको आक्रमणमा परेका उनलाई स्थानिय अस्पतालमा उपचारपछि थप उपचारका लागि राति नै कलेज अफ मेडिकल साइन्सेज भरतपुर ल्याइएको छ।

उनको हात, खुट्टा तथा शरिरका विभिन्न अंगमा भालुले चिथोरेको प्रहरीले जनाएको छ। निकुञ्ज आसपासको क्षेत्रका बस्तीमा जंगली जनावरको आक्रमणबाट बर्सेनि बालीनाली र मानवीय क्षति हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.