|

पाल्पा : रामपुर नगरपालिका-१ चिहानडाँडाका २९ वर्षीय ओमबहादुर खाँणको हत्या अभियोगमा घरबेटीसहित  ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा घरबेटी रामपुर–४ देविस्थानकी गंगी थापा, उनकी बहिनी निस्दी गाउँपालिका-२ की बुद्धी दर्लामी, कपिलवस्तु घर भई विगत ६ वर्षदेखि रामपुर बस्दै आएका २९ वर्षीय कृष्णकमल चौधरी र उनकी श्रीमती विमला चौधरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रमेश पण्डितले जानकारी दिए।

पेन्टर काम गर्दै आएका कृष्णकमल चौधरीलाई रामपुर नगरपालिकाको हुँगीबाट पक्राउ गरिएको हो भने अन्य ३ जनालाई रामपुर बजारबाटै नियन्त्रणमा लिएको उनले बताए। घट्नामा उनीहरु चारै जनाको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ उनले भने यद्यपि, घटनाको थप अनुसन्धान भइरहेको छ। मेरै नेतृत्वमा घट्नाको अनुसन्धान गरिरहेका छौं घट्नास्थल रामपुर पुगेका प्रनाउ पण्डितले भने चारै जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान गर्नेछौं । उनले घट्नाको सत्यतथ्यनजिक पुगेको र सोमबारसम्म पत्रकार सम्मेलन गरी जानकारी दिने थाहा खबरलाई बताए।

रामपुर नगरपालिकामा रहेको ग्रामीण विकास बचत तथा ऋण सहकारी संस्थामा कार्यरत खाँणको शनिबार राती ९ बजेतिर हत्या भएको थियो। उनलाई माटो खन्ने गैंती प्रहार गरेर हत्या गरिएको छ। खाँण रामपुर–४ देविस्थानमा अर्काको घरमा भाडामा बस्दै आएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.