|

काठमाडौं : चीनबाट नेपाल भित्र्याइएको ८८ किलो सुन लुकाएर ल्याइएको गाडीसहित प्रहरीले चालकलाई पक्राउ गरेक छ। काठमाडौंको क्षेत्रपाटीमा सडकमा पार्किङ गरिराखेको बा १७ प ६४२७ नम्बरको गाडी र चालक मकवानपुर गढी गाउँपालिका ५ का २४ वर्षका मनोज अधिकारीलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार विहान २ बजे पक्राउ गरेको छ।

केरुङ नाकाबाट भित्र्याइएको उक्त सुन ४१ करोड १ लाख ८८ हजार ६ सय ७९ रुपैयाँ मूल्यको रहेको महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले जानकारी दिए। उक्त सुन गाडीको पार्टपूर्जाभित्र लुकाएर राखिएको अवस्थामा भेटिएको हो। उक्त सुन कसले कसका लागि ल्याएको भन्नेबारे केही नखुलेको प्रहरीले बताएको छ।

यति ठूलो परिमाणमा सुन बरामद भएको यो पहिलो पटक हो। केही दिनअघिमात्र १४ किलो सुनसहित पेम्बा दोर्जे शेर्पा पक्राउ परेका थिए। त्यसअघि गत वर्ष त्रिभुवन विमानस्थलबाट ३३ किलो सुन बरामद गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.