|

लहान : प्रदेश नम्बर २ मा असोज २ गते हुने निर्वाचनका लागि राजनीतिक दल सम्बद्ध उम्मेदरवारहरुले घरदैलो अभियानलाई तीब्र बनाएका छन्। मधेसका सिरहा, सप्तरी लगायतका जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरुले उम्मेदवार चयन गरिसकेको भए पनि औपचारिक घोषणा नगरी चुनावी अभियानमा केन्द्रित भएका छन्।

सिरहा कांग्रेसमा धेरै खाली

नेपाली कांग्रेस सिरहाले जिल्लाको १७ स्थानीय तहमध्ये सिरहा नगरपालिकामा प्रमुख पदका लागि केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवका पुत्र डा. सुवासचन्द्र यादव र सुखीपुर नगरपालिकामा रामकुमार यादवलाई उम्मेदवार बनाएको छ। कल्याणपुर नगरपालिकामा उपप्रमुखमा जानकीकुमारी यादव चयन गरिएको छ भने प्रमुख चयन गरिएको छैन। बाँकी सात नगरपालिकामध्ये कुनैमा विवाद छ भने कुनै तामेलका लागि उम्मेदवार चयन गरिएको छैन।

कांग्रेसले जिल्लाका नौ गाउँपालिकामध्ये विष्णुपुरमा अध्यक्ष रामचन्द्र यादव, उपाध्यक्ष सरितादेवी महतो, लक्ष्मीपुर पतारीमा अध्यक्ष चतुरानन्द ठाकुर र उपाध्यक्ष अमरकला यादव, नवराजपुरमा विश्वमोहन यादव र उपाध्यक्ष पद खाली राखिएको छ। नरहा गाउँपालिकामा अध्यक्षमा कौशल मण्डल र उपाध्यक्षमा गीतादेवी यादवलाई उम्मेदवार बनाएको छ ।

उता, सप्तरीमा भने कांग्रेसले नौ नगरपालिकामध्ये कञ्चनरुपमा प्रमुख खाली राखेर उपप्रमुखमा निरु पोखरेललाई उम्मेदवार बनाएको छ। खडक र शम्भुनाथमा प्रमुख र उपप्रमुख दुवै उम्मेदवार खाली राखिएको छ। डाकनेश्वरीमा नारायण यादवलाई प्रमुखको उम्मेदवार बनाएको छ र उपप्रमुख खाली राखिएको छ।

कांग्रेसले सप्तरीको राजविराज नगरपालिका प्रमुखमा ध्रुवकुमार देव, उपप्रमुखमा सुशीलाकुमारी यादव, हनुमाननगर कंकालिनी प्रमुखमा सरोज विराजी र उपप्रमुखमा राजेश्वरीदेवी यादव, सप्तकोशीमा प्रमुख कृष्णप्रसाद ढकाल र उपप्रमुख रीताकुमारी चौधरी, बोदेबर्साइनमा प्रमुख कर्मैत यादव र उपप्रमुखमा उर्मिलादेवी साहलाई उम्मेदवार चयन गरेको छ।

जिल्लाका नौ गाउँपालिकामा अग्निसायर कृष्णसवराणमा अध्यक्ष परशुराम चौधरी, उपाध्यक्ष मिना चौधरी, महदेवामा अध्यक्ष गजेन्द्र मण्डल र उपाध्यक्ष संगीताकुमारी यादव, तिरहुतमा अध्यक्ष देवनारायण गोइत र उपाध्यक्ष गीतादेवी यादव, विष्णुपुरमा अध्यक्ष निलाम्बर यादव र उपध्यक्ष जनजिरादेवी यादवलाई उम्मेवार बनाउँदै छ।

त्यस्तै, बेलही चपेनामा अध्यक्ष परमानन्द यादव, उपाध्यक्ष पुष्पमाला कुमारी मण्डल, छिन्नमस्तामा अध्यक्ष कुलानन्द यादव,  उपाध्यक्ष शहिदा खातुन, रुपनीमा अध्यक्ष रामनारायण इसर, उपाध्यक्ष भोलेश्वरी चौधरी, तिलाठी कोइलाडीमा अध्यक्ष अरुण मण्डल, उपाध्यक्ष अरहुलदेवी मण्डल र बलान बिहुलमा अध्यक्ष जितेन्द्रकुमार यादव र उपाध्यक्षमा अनितादेवी यादवलाई उम्मेदवार बनाइएको छ।

एमालेले पनि टुङ्ग्यायो, केहीमा विवाद

पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो बनेको एमालेमा उम्मेदवारहरुको आकाङ्क्षी बढी भएपछि केहीमा विवाद देखिएको छ। सिरहाको गोलबजार, धनगढी, कल्याणपुर नगरपालिकामा उपप्रमुख नटुङ्गिएको भए पनि प्रमुख पदका उम्मेदवार टुङ्गिसकेको जिल्ला सचिव योगेन्द्र सिंहले बताए। सिंहका अनुसार एमाले सिरहाले सिरहा नगरपालिका प्रमुखमा डा. नवीन यादव र उपप्रमुखमा डा. नविता यादव, मिर्चैयामा प्रदीप महासेठ, उपप्रमुख गणेश साह, सुखीपुरमा प्रमुख रामअवतार यादव र उपप्रमुख रेणुदेवी साह गोलबजारमा प्रमुख श्याम श्रेष्ठ, कर्जन्हामा प्रमुख रामदयाल महतो र उपप्रमुख अञ्जु राईलाई उम्मेदवार बनाउँदैछ।

सिरहाको धनगढीमाईमा नगरपालिकामा जिल्ला कमिटी र प्रदेश कमिटीले जिल्ला उपाध्यक्ष समेत रहेका उत्तरबहादुर जर्घाको नाम सिफारिश गरेको भए पनि केन्द्रका केही नेताको कारणले  शिवशंकर महतोको नाम पनि आएपछि दुवै जनाले प्रमुख उम्मेदवारको रुपमा मत माग्न थालेका छन् ।

एमालेले सिरहाको नौ गाउँपालिकामध्ये सखुवा नन्कारकट्टीमा अध्यक्ष केदार यादव र उपाध्यक्ष अमला यादव, भगवानपुरमा अध्यक्ष उग्रनारायण यादव, उपाध्यक्ष बिन्दादेवी यादव, नवराजपुरमा अध्यक्ष सुरेन्द्र यादव, उपाध्यक्ष सोनितादेवी यादव, बरियारपट्टिमा अध्यक्ष रामसोगारथ यादव र उपाध्यक्षमा देवशरणदेवी यादवलाई उम्मेदवार बनाएको छ ।

औरही गाउँपालिकामा अध्यक्षमा सुवरण यादव उम्मेदवार बन्दैछन् भने उपाध्यक्ष खाली राखिएको छ। लक्षमीपुर पतारी गाउँपालिकामा अध्यक्ष देवनारायण साह उपाध्यक्ष गीता चौधरी, नरहामा अध्यक्ष रामशरण यादव र उपाध्यक्ष गुलावदेवी चौधरी, अर्नमामा अध्यक्ष चन्देश्वर मण्डल र उपाध्यक्ष रामकुमारी महतो तथा विष्णुपुरमा अध्यक्ष सत्यनारायण यादव र उपाध्यक्ष ममताकुमारी सिंहलाई उम्मेदवार बनाइएको सचिव सिंहले जानकारी दिए।

सप्तरीमा एमालेले नौ नगरपालिका सबैमा उम्मेदवारको नाम टुङ्ग्याएको छ भने नौ गाउँपालिकामध्ये एउटामा अध्यक्ष, उपाध्यक्ष खाली र तीन गाउँपालिकामा दुवै पदमा सोमबार साँझसम्म टुङ्ग्याउने गरी उम्मेदवार चयन गरिएको जिल्ला सचिव शम्भु यादवलाई जानकारी दिएका छन्। सचिव यादवका अनुसार एमालेले सप्तरीको नौ नगरपालिकामध्ये सप्तकोशीमा प्रमुख उत्तमकुमार गौतम, उपप्रमुख आशा चौधरी, कञ्चनरुपमा प्रमुख बसन्त मिश्र, उपप्रमुख आसरादेवी चौधरी, हनुमाननगर कंकालिनीमा प्रमुख शोभितलाल यादव र अरुणा पैकरालाई उम्मेदवार बनाउँदैछ।

त्यस्तै, एमालेले सुरुङ्गा नगरपालिकामा प्रमुख रामनारायण चौधरी र उपप्रमुख सविता डोटेल साह, खडकमा प्रमुखमा शत्रुधनप्रसाद साह र उपप्रमुखमा राधा पासवान, बोदेबसाईनमा प्रमुख कमाल अहमद, शम्भुनाथमा प्रमुख जितेन्द्रप्रसाद गुप्ता, उपप्रमुख शोभाकुमारी चौधरी, डाकनेश्वरीमा प्रमुख रामलखन मुखिया र उपप्रमुख मिनटु चौधरी, राजविराजमा प्रमुख सुखराम यादव र उपप्रमुखमा ममता चौधरीलाई उम्मेदवार बनाएको छ।

जिल्लाका नौ गाउँपालिकामध्ये अन्गिसायर कृष्णसवरणमा अध्यक्ष बद्रीनारायण चौधरी, उपाध्यक्ष शैलेन्द्रीदेवी लेखी, तिरहुतमा अध्यक्ष गफुर मियाँ र उपाध्यक्ष अम्बिकाकुमारी यादव, महदेवामा अध्यक्ष राजाराम यादव र उपाध्यक्ष हीरादेवी शर्मा, बेलही चपेनामा अध्यक्ष ओमप्रकाश मण्डल र उपाध्यक्ष इन्दुकुमारी यादव, विष्णुपुरमा अध्यक्ष अशोककुमार यादव र उपाध्यक्ष सोनितादेवी राम, बलान बिहुलमा अध्यक्ष अशोककुमार यादवलाई उम्मेदवार बनाएको छ भने उपाध्यक्ष खाली राखिएको छ।

जिल्ला सचिव यादवका अनुसार जिल्लाका तिलाठी कोइलाडी, छिन्नमस्ता र रुपनी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षका लागि उम्मेदवारको नामको विषयमा छलफल हुँदैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.