|

उदयपुर : गैरसरकारी संस्था महिला पुनःस्र्थापना केन्द्र (ओरेक) उदयपुरको सुरक्षित वास (सेफ हाउस)बाट एक महिला बेपत्ता भएकी छन्। घरेलु हिंसाबाट पीडित कटारी ४ सिम्लेकी १८ वर्षे सिर्जना रिमाल सेफबाट गएको शनिबारदेखि बेपत्ता भएकी हुन्।

१२ भदौमा सिर्जनालाई घरमा श्रीमानले घरेलु हिंसाबाट पीडित भएको अवस्थामा फेला पारी ओरेक उदयपुरले सेफ हाउसमा उद्धार गरी ल्याएको थियो। ओरेककी जिल्ला निमित्त प्रमुख सविना रिमालले सेफ हाउसबाटै सिर्जना हराएकी भएर जिल्ला प्रहरी कार्यालयमा खोजतलासको उजुरीसमेत दिएको बताइन्। ‘हामी चकित भएर स्टाफ मिटिङ बसिरहेका छौं,’ उनले भनिन्, ‘सिर्जनाको उपचारसमेत भइरहेको थियो भने उनलाई काउन्सिलिङ गर्ने काम चलिरहेको थियो।

यता, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक देविप्रसाद फागोले ओरेक उदयपुरमा रहेको सेफ हाउसबाट महिला हराएको निवेदन आएको बताए। ‘ओरेकले एउटी महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालयमा दिएको छ,’ उनले भने, ‘महिलाको खोजी कार्य भइरहेको छ।’

महिला हिंसाका घट्नासँग जोडिएर काम ओरेक नेपाल उदयपुरको महिला सेफ हाउसबाट पहिलो घटना हो। सामान्य घर झगडा परेका महिलालाई समेत सेफ हाउसमा ल्याएर सम्बन्धविच्छेद गराउन ओरेकक सक्रिय रहेको आरोपसमेत लाग्दै आएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.