|

सुनसरी : गायक देवेन चेम्जोङको एकल एल्बम विमोचन भएको छ। शब्द, संगीत र स्वर गायक चेम्जोङकै रहेको ‘स्पर्श’ नामक एल्बमको आइतबार एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको हो।

कार्यक्रममा किराँत याक्थुम चुम्लुङ केन्द्रीय सचिव ध्रुव मेन्याङ्बो, संगीतकार एवं संगीत प्रशिक्षक विनोद राई ‘प्रियदर्शी’, किरात याक्थुम चुम्लुङ केन्द्रीय सदस्य विजय लुङ्फुङ्वा, तथा धरान उपमहानगरपालिका पूर्व मेयर ध्यानबहादुर राईले संयुक्त रुपमा एल्वमको विमोचन गरेका हुन्।

गायक चेम्जोङले आफ्नो एल्बममा समावेश हाक्पारे, आधुनिक, पप लगायतको गीत गाएका थिए। यसैगरी उनले  म्युजिक भिडियो समेत सार्वजनिक गरेका थिए। हुन्डरी ग्रुपद्वारा आयोजित विमोचन कार्यक्रममा ग्रुपका सदस्य अनुल चेम्जोङले स्वागत मनतव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सन्जु राईले गरेकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.