|

वीरगञ्ज : निर्वाचन आयोगका आयुक्त ईश्वरी पौड्यालले स्थानीय तहको निर्वाचन सफल बनाउन राजनितिक दलमा आबद्घ युवाको भूमिका अहम हुने बताएका छन्। वीरगञ्जको होटल कुमु प्यालेशमा सोमबार आयोजित निर्वाचन व्यवस्थापन प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले मस्तिष्कमा इमान्दारी र काँधमा जिम्मेवारीका साथ चुनावमा होमिन युवालाई सुझाव दिए।

मतदाता शिक्षामा समेत युवाको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ। साथै आयुक्त पौडेलले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सघाउन पनि आग्रह गरे। कसैले निर्वाचन आचारसंहिता उल्लङ्घन गरे पाइए खबर गर्न उनको आग्रह छ। दलहरु आफैंले बनाएको आचारसंहिता उलङ्घन गर्न उद्धत भएको भन्दै दुःख पनि व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.