|

धनकुटा : खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकाको गाउँ कार्यपालिकाले नाम परिवर्तनका लागि गरेको प्रस्तावलाई प्रथम गाउँसभाले अनुमोदन गरेको छ। यसअघि गाउँ कार्यपालिकाकाले गाउँपालिकाको नाम ‘सहिदभूमि’ गाउँपालिका राख्ने निर्णय गरेको थियो। 

लामो नाम भएकाले बोल्न र लेख्न झन्झटिलो भएको भन्दै गुनासो बढेपछि छोट्याएर ‘सहिदभूमि’गाउँपालिका बनाउने निर्णय भएको अध्यक्ष मनोज राईले जानकारी दिए। यसका लागि बैठकले निर्णय गरिसकेको र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पठाएर स्वीकृत लिने तयारी भइरहेको राईले बताए।

गाउँ सभाको निर्णयलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पठाएपछि गाउँपालिकाको नाम परिवर्तनले पूर्णता पाउने अध्यक्ष राईले बताए। 
गाउँपालिकाको नाम छोट्याउने विषयमा नेकपा माओवादी केन्द्रले भने विरोध जनाएको छ।

माओवादीका गाउँपालिका संयोजक प्रेम दलाहाङ राईले खाल्सा छिन्ताङ सहिदभूमि नाम स्थानीयको पहिचानको आधारमा सर्वदलीय सहमतिबाट राखिएको हुनाले अहिले जनप्रतिनिधिले एकलौटी रुपमा निर्णय गर्न नहुने बताए। उनले प्रतिपक्षीको पनि सहमतिमा नाम सम्बन्धी निर्णय गरिनुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.