|

गोरखा : पर्यटकीय एवं ऐतिहासिक महत्व बोकेको गोरखा संग्राहलयमा गोरखाको चिनारी गराउने केही सामग्रीहरु थप गरिएको छ। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेदेखि शाहवंशीय तथा मल्लकालीन राजाहरुको इतिहास समेत गोरखा संग्रहालयमा राखिएको छ।

त्यस्तै कुसुण्डा, सुनुवार, घले जातिका भेषभूषा र सांस्कृतिक सम्पदासहित तत्कालीन राजा महाराजाहरुले प्रयोग गरेको हातहतियार, चित्रहरु पनि राखिएको छ। त्यस्तै गत बुधबार एक कार्यक्रम गरी गोरखा संग्राहलयमा ग्यालरीहरु थप गरिएको गोरखा संग्राहलय प्रमुख करुणा राईले जानकारी दिइन्।

पर्यटन बोर्ड र पुरातत्व विभागबाट २६ लाख रुपैयाँको लागतमा संग्रहालयमा तीनवटा ग्यालरी थप गरिएको हो। यो सँगै १३ वटा ग्यालरी भएको छ। पर्यटकहरुको गोरखा बसाई लम्ब्याउन तथा गोरखाको बारेमा जानकारी दिन यसरी संग्रहालयमा सामग्रीहरु थप गरिएको राईले बताइन्।

गोरखा संग्राहलय घुम्न आउनेहरुले आधा घण्टाको वृत्तचित्र पनि हेर्न पाउनेछन्। गोरखा संग्रहालय घुम्न आउँदा विद्यार्थीले १०, सर्वसाधारणले २५, सार्क मुलुकका पर्यटकहरुले ५०, अन्य देशका नागरिकहरुले १०० रुपैयाँ तिर्नुपर्छ।

राजा राजेन्द्रविक्रम शाहको पालामा १८९६ सालमा निर्माण भएको गोरखा संग्राहलय २०६५ जेठ १९ बाट गोरखा संग्राहलय सर्वसाधारणको लागि खुल्ला भएको हो। संग्रहालयमा ऐतिहासिक राजाको परिचयात्मक कक्ष, हातहतियार कक्ष, बाजागाजा कक्ष, चलहातहतियार, कक्ष चैत्य कक्ष, तथा गोरखाका विभिन्न भूभागमा बसोबास गर्ने जातजातिहरुको पहिचान झल्कने कक्षहरु देख्न सकिन्छ। संग्रहालयमा राजा पृथ्वीनारायण शाह लगायत अन्य शाहवंशीय राजा तथा मल्लकालिन राजाहरुको तस्बिर सहित ऐतिहासिक सामग्रीहरु राखिएका छन्।

हेर्नुस् थप फोटोहरु  :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.