|

काठमाडौं : तपाईलाई अचम्म लाग्न सक्छ। नेपाली चलचित्र क्षेत्रमा लामो समयसम्म राज गरेकी र हाल राजनीतिमा सक्रिय भएको अभिनेत्री करिश्मा मानन्धर ९ कक्षामा पढ्दैछिन्।

उनी हाल काठमाडौं मैतीदेवीको त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ मा अध्ययनरत छिन्। गत वर्ष उनले डिल्लीबजारको ग्यालेक्सी पब्लिक स्कुलबाट कक्षा ८ को जिल्लास्तरीय परीक्षा पास गरेकी थिइन्। सोमबार काठमाडौंमा नयाँ शक्ति नेपालले आयोजना गरेको एक कार्यक्रममा आफू भर्खर ९ कक्षा पढ्दै गरेको रहस्य खोलिन्।

'आज मैले अर्को एउटा इन्टरभ्यूमा पनि भनेँ' उनले भनिन् 'पहिला त म सानो मान्छे भर्खर पढ्दैछु के भन्ने जस्तो लाग्थ्यो, तर मैले यो कुरा भन्दा महिलाहरुलाई मोटिभेसन हुन्छ भने किन नभन्ने?' उनले ९ कक्षामा भर्ना गरे पनि कक्षामा नियमित पढ्न जान भने भ्याउँदिनन्।

१४ वर्षको उमेरदेखि अभिनय सुरु गरेकी करिश्माले त्यसपछि पढाइ छुटेको बताइन्। '१४ वर्षबाट सिनेमामा काम गर्न थालेँ, पढाइ छोड्नैपर्‍यो' उनले भनिन्, 'सिनेमामा त मैले डक्टर नै पास गरेको छु जस्तो लाग्छ।'

एक वर्षदेखि नयाँ शक्ति पार्टी नेपालमा सक्रिय रहेकी करिश्मा राजनीतिमा सक्रिय भएपछि धेरै कुरा सिक्न पाएको बताइन्। नयाँ शक्ति पार्टी े नेपालका संयोजक डा. बााबुराम भट्टराईले पढ्ने र सिक्ने कुरा आर्यघाटमा पुग्दासम्म जारी रहने भन्दै करिश्मा मानन्धरले स्कुल भर्ना हुनु नौलो  नभएको बताइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.