|
फाइल फोटो

काठमाडौं : स्थानीय तहको संख्या पटकपटक हेरफेर हुँदै अहिले सात सय ५३ कायम भएको छ। देशमा अब ६ महानगपालिका, ११ उपमहानगरपालिका, दुई सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका कायम भएका छन्।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सार्वजनिक गरेअनुसार स्थानीय तहमा वडा संख्या ६ हजार सात सय ४३ छ। स्थानीय तहको संख्या थप भएर सात सय ५३ पुग्दा देशभर ३७ हजार २० जनप्रतिनिधि पुग्नेछन्। प्रदेशश नम्बर २ मा आगामी असोज २ गते हुने स्थानीय निर्वाचनबाट आउने प्रतिनिधिसमेत गरेर हरेक वडामा चार जनाका दरले देशभरि २६ हजार नौ सय ७२ वडा सदस्य निर्वाचित हुनेछन्।

नगरपालिकाको प्रमुख, उपप्रमुख गरी देशभरिबाट पाँच सय ८६ गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष नौ सय २० जना पुग्नेछन्। नगर कार्यपालिका तथा गाउँ कार्यपालिका सदस्यका लागि संवैधानिक व्यवस्थाअनुसार दलित तथा अल्पसंख्यक समुदायबाट देशभरमा एक हजार सात सय ९९ जना निर्वाचित हुनेछन्।

गाउँपालिकामा दुई र नगरपालिकामा तीन जना दलित प्रतिनिधि समावेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। उनीहरूले संवैधानिक व्यवस्थाअनुसार पाँच वर्षसम्म जिम्मेवारीमा रहेर काम गर्नेछन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.