|

भोजपुर : भोजपुर नगरपालिका- ५ काफ्ले घ्याङ्गरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। सोमबार साँझ राइस कुकरमा खाना पकाउने क्रममा करेन्ट लागेर ५९ वर्षिया दिलकुमारी तामाङको मृत्यु भएको हो।

राइस कुकर जोड्न लाग्दा एक्कासि करेन्ट प्रवाह भएपछि तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। मृतक तामाङको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर ल्याइएकोे प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.