|

चितवन : चितवनको नारायणगढमा जारी ‘प्रथम जेसिज कप राष्ट्रिय फुटबल प्रतियोगितामा पोखरा– ११ क्वाटर फाइनलमा प्रवेश गरेको छ। सोमबार साँझ भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ० का विरुद्ध १ गोल अन्तरले पराजित गर्दै पोखरा क्वाटर फाइनलमा प्रवेश गरेको हो।

पोखरा– ११ का लागि खेलको ६७ औं मिनेटमा सुुनिल विकले निर्णायक गोल गरेका थिए। विक नै म्यान अफ दि म्याच घोषित भए। उनले नगद ५ हजार प्राप्त गरे। प्रतियोगितामा मंगलबार हिमालयन शेर्पा र झापा –११ बीच खेल हुनेछ ।  

राउण्ड रोबिन लिगका आधारमा खेलाइएको प्रतियोगितामा कूल १० टिम सहभागी छन्। समूह ‘क’ मा चितवन– ११, सुदूरपश्चिम– ११, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब र पोखरा– ११ छन्, समूह ‘ख’ मा फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा, झापा– ११, विजय युथ क्लब हेटौंडा र मनाङ मस्र्याङ्दी रहेका छन्।

प्रतियोगितामा विजयी टिमले नगद ३ लाख ५० हजार नगद तथा ट्रफी र उपविजेताले नगद १ लाख ७५ हजार तथा ट्रफी पाउने छन्।

चितवनमा राम्रो खेल मैदान नभएपछि बर्सेनि राष्ट्रिय स्तरका खेल हुँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.