|

लहान : आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले सिरहा र सप्तरीमा उम्मेदवार तय गरेको छ। पार्टीको २ नम्बर प्रदेश कमिटीले उम्मेदवारहरुको अन्तिम टुंगो लगाएको हो। टिकट पाएपछि उम्मेदवारहरुले चुनावी प्रचारलाई तीव्रता दिएका छन्।

माओवादी केन्द्र २ नं. प्रदेश कमिटीका संयोजक विश्वनाथ साहका अनुसार सिरहाको सुखीपुर नगरपालिकामा वडाध्यक्ष र सदस्यहरुको नाम टुङ्गिएको भए पनि तालमेलका लागि प्रमुख र उपप्रमुखको उम्मेदवारको नाम सार्वजनिक गरिएको छैन। कर्जन्हा र मिर्चैया नगपालिकामा प्रमुखको उम्मेदवार मात्र तय गरेर उपप्रमुख खाली राखिएको छ।

माओवादीले सिरहाको गोलबजार नगरपालिका प्रमुखमा देवनाथ साह र उपप्रमुखमा रेशमकुमारी थापा (यशु), मिर्चैया नगरपालिका प्रमुखमा श्रवण यादव, लहान नगरपालिका प्रमुखमा खड्गनारायण चौधरी र उपप्रमुख रिक्मा विश्वकर्मालाई उम्मेदवार बनाएको संयोजक साहले बताए।

यस्तै कल्याणपुर नगरपालिकामा प्रमुख प्रकाश महासेठ र उपप्रमुख शान्तिदेवी ठाकुर, धनगढीमाई नगरपालिकामा प्रमुख हरिनारायण चौधरी र उपप्रमुखमा फूलकुमारी श्रेष्ठ तथा कर्जन्हा नगरपालिका प्रमुखमा गंगा पासवानलाई उम्मेदवार बनाएर उपप्रमुख खाली राखिएको छ। 

जिल्लाका ९ गाउँपालिकामध्ये माओवादीले औरही गाउँपालिकामा अध्यक्ष खाली राखेको छ भने उपाध्यक्षमा देवधारी यादव, सखुवानन्कारकट्टीमा अध्यक्ष पदमा बालेश्वर साह र उपाध्यक्षमा अनिता यादव, नवराजपुरमा अध्यक्षमा रामनारायण दास र उपाध्यक्ष सोमनीदेवी यादव, बरियारपट्टीमा अध्यक्ष पदमा महेश्वर यादवलाई उम्मेदवार बनाएको छ भने उपाध्यक्ष खाली राखिएको छ।

यस्तै विष्णुपुर गाउँपालिकामा अध्यक्ष सत्यदेव यादव र उपाध्यक्ष ललितादेवी यादव, अर्नमाको अध्यक्ष ठक्कु महतो र उपाध्यक्ष सियावती मुखिया, लक्ष्मीपुर पतारीमा अध्यक्षमा वीरेन्द्र साह र उपाध्यक्षमा लिलावती परियार तथा नरहामा अध्यक्षमा दुःख मोचन यादव र उपाध्यक्षमा आशादेवी यादवलाई उम्मेदवार बनाइएको संयोजक साहले बताए। 

सप्तरीमा माओवादीबाट को–को उम्मेदवार?

स्थानीय तहको पुनः संरचनापछि ९ नगरपालिका र ९ गाउँपालिका रहेको सप्तरीमा माओवादी केन्द्रले सुरुङ्गा र खड्क नगरपालिकामा प्रमुख÷उपप्रमुख दुवै र बाँकीमा प्रमुख र उपप्रमुखमध्ये एउटा नाम टुङ्ग्याएर अर्को खाली राखेको छ।

वडाध्यक्ष र सदस्यहरु प्रचार प्रसारमा जुटिसकेको निर्वाचन परिचालन समितिकी सदस्य रुवी कर्णले जानकारी दिइन्। कर्णका अनुसार माओवादीले खड्क नगरपालिका प्रमुखमा जयप्रकाश चौधरी र उपप्रमुखमा गुञ्जेश्वरी कुमारी मण्डल तथा सुरुङ्गा नगरपालिका प्रमुखमा हरिनारायण चौधरी र उपप्रमुख लक्ष्मी चौधरीको नाम टुङ्ग्याएको छ।

उम्मेदवारको मनोनयन गर्न एक दिन बाँकी रहँदा माओवादी केन्द्र सप्तरीले जिल्लाका बाँकी नगरपालिका र गाउँपालिकाहरुमा खाली रहेका मुख्य पदको उम्मेदवारको नाम मंगलबार बिहान बस्ने जिल्ला निर्वाचन परिचालन समितिको बैठकले टुङ्ग्याउने कर्णले उल्लेख गरिन् ।

माओवादी केन्द्रले सप्तरीको जिल्ला सदरमुकाम समेत रहेको राजविराज नगरपालिकाको प्रमुखमा अनिस अन्सारीलाई उम्मेदवार बनाउँदैछ भने हनुमाननगर कंकालिनी नगरपालिका प्रमुखमा राहुल मण्डल, सप्तकोशी नगरपालिका उपप्रमुखमा राजकुमारी चौधरी, शम्भुनाथ नगरपालिका प्रमुखमा दानालाल चौधरी, डाकनेश्वरी नगरपालिका प्रमुखमा कर्मलाल यादव, बोदेबर्साइन नगरपालिका प्रमुखमा दिलिप यादव र कञ्चनरुप नगरपालिका प्रमुखमा बन्सी चौधरीलाई उम्मेदवार बनाएको छ।
 
जिल्लाका नौ गाउँपालिकाका अध्यक्ष पदको उम्मेदवार पनि माओवादीले टुङ्ग्याएको छ। अग्निसायर कृष्णसवरण अध्यक्षमा बेचन चौधरी, महदेवाको अध्यक्षमा तारणी तिवारी, तिरहुतको अध्यक्ष दिनेश यादव, विष्णुपुरको अध्यक्षमा शिव नारायण यादव, बेल्ही चपेनाको अध्यक्ष इब्राहिम मन्सुरी, छिन्नमस्ताको अध्यक्ष जयप्रकाश यादव, रुपनीको अध्यक्ष मुस्तकिम राईन, तिलाठी कोइलाडीको अध्यक्षमा मुनिलाल मुखिया र बलान बिहुल गाउँपालिकाको अध्यक्षमा छत्र नारायण यादवलाई उम्मेदवार बनाउने लगभग तय भएको माओवादीले जनाएको छ। 

प्रमुख र उपप्रमुखमध्ये एक खाली राखिएको स्थानीय तहमा तालमेलको प्रयास भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.