|

बैतडी : नेपाल सरकार सामाजिक स्वाथ्य विकास समितिमार्फत ल्याइएको स्वास्थ्य बिमा कार्यक्रम बैतडीमा प्रभावकारी बनेको छ। सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले वार्षिक समीक्षा गर्दै तुलनात्मक रुपमा बिमा कार्यक्रम प्रभावकारी बनेको बताएको हो। 

कार्यक्रममा सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीका प्रबन्धक जनक साउदले जिल्लामा हालसम्म ६ सय २७ घरपरिवारका तीन हजार ३९ जनाले स्वास्थ्य बिमा गराएको जानकारी दिए। तीन सय २० जना भन्दा बढीले उपचार सेवा पनि लिएका छन्।

गत पुसदेखि जिल्लामा स्वास्थ्य बिमा लागू भएपछि गरिब, स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका सर्वसाधारणले सहज रूपमा स्वास्थ्य सेवा पाएका छन्। प्रत्येक परिवारमा ५ जनासम्मका लागि २ हजार ५ सय र ५ जनाभन्दा माथिको संख्या भए थप ४ सय २५ रुपैयाँ शुल्क लाग्ने गरेको छ।

बैतडीबाट १६ लाख ४७ हजार ८ सय ४५ रुपैयाँ 'प्रिमियम' संकलन गरिएको छ। बिमा गरेपछि स्थानीयले एक वर्षसम्म बिमा गरेको परिवारको सदस्यलाई ५० हजार सम्मको स्वास्थ्य सेवा (उपचार, निदान र औषधि) प्रदान गरिनेछ। तर, त्यस्तो सेवा भने समितिले तोकेको स्वास्थ्य संस्थाबाट मात्रै दिने गरिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.