|

वीरगञ्जः मनोनयनपत्र दाखिला गर्न एकदिन मात्र बाँकी छँदा टिकट वितरणको किचलोले पर्सामा राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरु विभाजित भएका छन्। मधेसकेन्द्रित ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीका स्थानीय कार्यकर्ताहरु एकआपसमा मिल्न नसक्दा कार्यकर्ताहरु विभाजित भएका हुन्।

राजपामा उम्मेदवारका आकांक्षी नेता धेरै नेता भएपछि टिकटको आकांक्षा राखेर पार्टी प्रवेश गरेका तथा आन्दोलनमा सक्रिय सहभागिता जनाएका नेता कार्यकर्ता विभाजित भएका हुन्। राजपाको सिफारिस समितिले पर्साको अधिकांश स्थानीय तहमा नवप्रवेशीलाई उम्मेदवार सिफारिस गरेपछि यहाँका कार्यकर्ता विभाजित भएका हुन्।

राजपामा रहेका पुराना नेता कार्यकर्ताहरुले आफूहरु आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकोले आप्mनो पक्षलाई उम्मेदवार नबनाइए राजपाविरुद्ध प्रतिकारमा उत्रिने राजपा पर्साका युवा नेता रामबाबु पासवानले बताए। यसैगरी विन्दवासिनी गाउँपालिकामा उम्मेदवारको आकांक्षी श्रीलाल मोदीले आपूmले मधेस आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको भए पनि १५ दिनअघि पार्टी प्रवेश गरेकालाई उम्मेदवार सिफारिस गरेकोले आफूलाई अन्याय भएको बताउँदै पार्टीले मूल्यांकन नगरे राजपालाई हराउने अभियानमा लाग्ने बताए।

राजपाको पकड क्षेत्र रहेको पर्साको पकहा मैनपुर गाउँपालिकामा राजपाका युवा नेता तथा उम्मेदवारका आकांक्षी धामु शर्माले भने पार्टीले आपूmसँग विभेद गरी नवप्रवेशीलाई उम्मेदवार बनाएको खण्डमा राजपालाई असहयोग गरी अन्य मधेसी दललाई जिताउने अभियानमा लाग्ने बताए।

६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीमा उम्मेदवारका आकांक्षी धेरै भएकोले प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्ज लगायतका जिल्लाहरुमा उम्मेदवार चयन गर्न राजपा अध्यक्ष मण्डललाई सकस परेको छ। हरेक जिल्लाबाट आएको उम्मेदवारको सिफारिसमा छलफल गर्न सोमबारदेखि पार्टी केन्द्रीय कार्यालयमा बसेको अध्यक्ष मण्डलको बैठकमा आआफ्नो उम्मेदवारको पक्षमा अध्यक्षहरुले नै अडान लिएपछि उम्मेदवार चयन गर्न सकेको छैन। प्रदेश नम्बर २को उम्मेदवारको अन्तिम नामावली तयार गरी मंगलबार दिउँसोसम्ममा सार्वजनिक गरिने राजपा स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.