|

सुर्खेत : जिल्लामा दोस्रो पटक सञ्चालन भएको जिल्लास्तरीय छात्र छात्रा ह्‍यान्‍डबल प्रतियोगिताअन्तर्गत माध्यमिक तहको प्रथम उपाधि आदर्शराज माध्यमिक विद्यालयले हात पारेको छ। आइतबार र सोमबार २ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा जिल्लाकै एसओएस हर्मन माइनर विद्यालयले दोस्रो र शिव माध्यमिक विधालय लाटिकोइलीले जितेका छन्।

जिल्ला ह्यान्डबल संघले जिल्लामा दोस्रोपटक आयोजना गरेको उक्त प्रतियोगितामा आधारभूत तहमा छात्र र माध्यमिक तहमा छात्र र छात्राबीच प्रतिस्पर्धा भएको थियो।यता, माध्यमिक तहकै छात्रा तर्फको खेलमा प्रथम उपाधि एसओस हर्मन माईनर विद्यालय, दोस्रो उपाधि पब्लिक एकेडेमी र तेस्रो उपाधि जनमाध्यमिक विद्यालयले जितेका छन्।

यता, आधारभूत तहमा भएको छात्रतर्फको खेलमा सैनिक आवासीय माध्यमिक विधालयले प्रथम, आदर्शराज माध्यमिक विधालयले द्वितीय र तेस्रो एसओएस हर्मन माइनर विद्यालयले उपाधि हात पारेको हो। आदर्शराज माध्यमिक विधालयका केशव विष्टले उत्कृष्ट गोलकर्ताको उपाधि पाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.