गाईभैंसी छाडेर खच्चड पाल्छन् स्थानीय

|

   रुकुम : आधुनिक प्रविधिको विकाससँगै सवारीसाधनले आफ्नो विस्तार बढाइरहेको बेला पूर्वी रुकुमका ग्रामीण भेगहरुमा भने अझै पनि ढुवानीका लागि घोडा खच्चड नै सामान बोक्ने सवारीसाधनका रुपमा प्रगोग हुँदै आइरहेका छन्। कहिँकतै ट्रयाक्टरसम्म हिँड्ने सडक पुगे पनि वर्षातका कारण अवरुद्ध भएपछि घोडा खच्चड नै ढुवानीको प्रभावकारी माध्यम बनेको हो।

लामो दूरीबाट घोडा खच्चडमा दैनिक कामकाजका सामानसँगै उपभोग्य सामाग्रीहरुसमेत ढुवानी हुने गरेका कारण समानको भाउ पनि सदरमुकामको भन्दा दोब्बर बढी हुने गरेको छ।

३ गाउँपालिका रहेको पूर्वी रुकुमका अधिकांश क्षेत्रहरु अति दुर्गम गाउँहरु रहेका छन्। पूर्वी रुकुमका स्थानीयहरुले मालसमान ढुवानीका लागि गाईभैंसीभन्दा घोडाखच्चड नै पाल्ने गरेको स्थानीय कर्मसिंह घर्तीले बताए। पूर्वी रुकुमको प्रशासनिक तथा व्यापारिक केन्द्र रुकुमकोटसम्म मात्र सवारीसाधनहरु चल्ने गरेका छन्।

अघिल्ला वर्षहरुमा रुकुमकोटसम्म पनि सवारीसाधनहरु जान नसक्ने गरेको भए पनि यसवर्ष मध्यपहाडी लोकमार्गको सडक फराकिलो पारिएपछि रुकुमकोटसम्म मुसिकोटबाट सवारीसाधन जाने गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.