|

कालिकोट : मुगु जिल्लामा तुहिन विस्थापित गर्दै झोलुङ्गे पुल निर्माणमा तीव्रता दिइएको छ। मुगुका विभिन्न खोलादेखि कर्णाली नदीमा परम्परागत तुइन, काठेपुल ढुङ्गे साँघुलाई विस्थापित गर्दै ६० वटा पुल निर्माण गरिएको हो।    

गत आर्थिक वर्षमा मुगु, बालै, रारा, डोल्फु, रोवालगायत स्थानमा गरी ११ वटा झोलुङ्गे निर्माण गरिएको छ। उक्त पुल बनाउन ३ करोड ६२ लाख खर्च भएको हेल्भेटास नेपालका प्राविधिक इन्जिनियर करन धामीले बताए। ‘यो चालु आर्थिक वर्षमा स्टिल ट्रस र झोलुङ्गे पुल गरि ११ वटा  पुल निर्माण गर्ने लक्ष्य  छ।’ उनले भने, ‘पुल निर्माणको लागि करिब ३ करोड ५० लाख रुपैयाँ बजेट बिनियोजन भएको छ।’ मुगुमा हालसम्म ६० पुल निर्माण भइसकेको धामीले जानकारी दिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.